अनौठो चलन सिस्नु हानाहान गरि मागी मनाउँदै

जाजरकोट  ः यहाँको गाउँ गाउँमा सिस्नु हानाहान गरि aमाघी पर्व मनाउन सुरु भएको छ ।  जिल्लाको नलगाड नगरपालिका , वारेकोट गाउँपालिका , भेरी नगरपालिका , रुकुमको आठविसकोट नगरपालिका लगाएतका ठाउँमा सिस्नु हानाहान गरि माघी पर्व मनाईन्छ । मामाको छोरीलाई फुपुका छोराले सिस्नु हान्ने , साली , भिना, सोल्टी ,सोल्टीना विच सिस्नु हानाहान गरेर मनाउने गरिन्छ । सिस्नु हानाहान गर्नका लागि अन्य जिल्लाका स्थानीयहरु यहाँ आउँने गर्दछन् । आजको दिन सिस्नुले नहानेमा सुगुरको जुनी माईने धार्मिक मान्यता रहेको छ । साथी भाई विच सिस्किएर सिस्नु हान्ने चलन पनि रहेको छ ।
सिस्नु घुडा वाहेक अन्यत्र हान्न नपाईने व्यवस्था भएको नलगाड नगरपालिका वडा ८ का शिक्षक वीरवहादुर खत्रीले वताउनुभयो । कतियपले सिस्नु हान्दा हान्दै विवाह समेत हुँने गरेको छ । सिस्नु खेल्नका लागि मामा घर जाँन , माईतीमा जाँने चलन समेत रहेको छ । सिस्नु खेलेको हेर्न आउनको संख्य पनि अत्यधिक हुने गरेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!