डोल्पामा आगलागिबाट २ लाख बराबरको क्षती

दुनै(डोल्पा) २५ पौष , डोल्पाको त्रिपुरा सुन्दरी नगपालिका वडा नं ७ पहाडा अन्तर्गत साईलाबाडा गाउँको एक घरमा आगलागि भएको छ ।
मंगलवार दिउसो ११ बजेतीर भएको आगलागिबाट स्थानीय हरीरुप शाहीको २ कोठे घर जलेको हो ।
केटाकेटीहरुले सलाई खेल्ने क्रममा काँटी सल्किएपछि नजिकैको घाँसमा आगो सल्किएर आगलागि भएको पिडीत हरीरुप शाहीले बताउनुभयो ।
आगलागिबाट दुई कोठा घर,त्यहाँ भित्र राखिएको अन्नबाली,लत्ता कपडा,काठका दराज,खटिया लगाएतका सामाग्रीहरु र साडे एक तोला सुन समेत जलेर नष्ट भएको उहाँको भनाई छ ।
सबै गरेर दुईलाख बरारको क्षती भएको उहाँले बताउनुभयो ।
आगलागिलाई समयमै स्थानीयबासीले नियन्त्रमा नलिएको भए थप क्षतीहुने सम्भावना रहेको उहाँले बताउनुभयो










