भाईरलका कारण जाजरकोटमा थप एकको मृत्यू

 हेमन्त के सी  
जाजरकोट  ः यहाँको जुनीचाँदे ३ मा भाईरलका कारण थप एक जनाको मंगलवार विहान मृत्यू भएकोे छ ।
जुनीचाँदे गाउँपालिका ३ का का ५८ वर्षीय लालवहादुर भण्डारीको मृत्यू भएको जिल्ला स्वास्थ्य कार्यालयका कृष्णवहादुर खत्रीले जानकारी दिनुभयो । मृतक भण्डारी तीन दिन देखि विरामी हुनुहुन्थ्यो । अहिले जुनीचाँदे गाउपालिकाको विभिन्न ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरि उपचार कार्य समेत जारी रहेको खत्रीले जानकारी दिनुभयो ।
यो सहित मृत्यू हुँनेको संख्य १२ पुगेको छ । वालवालिका र वृद्धलाई भाईरलले निकै सताएको छ ।





error: Content is protected !!