किन नियन्त्रणमा आँउन सकेन् जाजरकोटमा भाईरल ज्वारो र रुघाखोकी

  हेमन्त के सी 
जाजरकोट २५ पुस ः — झन्डै तीन साता अघिदेखि जाजरकोटमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आउँन सकेको छैन् ।
भाईरल प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेपनि गाउँवाट विरामीहरु शिविरमा आउँन नसक्दा उपचार कार्य प्रभावकारी हुँन नसकेको हो । विरामीहरु गाउँमा छयाप्छ्याप्ती भएपनि शिविर ल्याउनका लागि मानिस नहुँदा उपचारमा प्रभावकारी हुँन सकेको छैन् । एकै घरमा चार भन्दा वढी विरामी हुनुका साथै जिल्लावाट लिएको औषधीले काम नगर्दा मंगलवार सुईवाट दिने औषधी लिएर थप ५ जना डाक्टरको टोली जुनीचाँदे गाउँपालिका तीर लागेको जिल्ला स्वास्थ्य प्रमूख रामवहादुर नेपालीले वताउनुभयो ।
भाइरल प्रभावित क्षेत्रमा सक्रिय चिकित्सक डा. पवन शाक्यका अनुसार मंगलवार विहान जुनीचाँदे गाउँपालिका ३ रावलगाउँका ५४ वर्षिय लालवहादुर भन्डारीको ज्वरो र पखालाको कारण ज्यान गएको छ भने सोमवार जुनीचाँदे गाउँपालिका २ मौगानका २ महिनाका शिसुको भाइरलको कारण ज्यान गएको छ । यो सहित मृत्यू हुँनेको संख्य १२ पुगेको छ ।

नमुना जाँचको लागि काठमाण्डौँ पठाईयो
सोमवार मृत्यू भएका शिशुलाई कडा खालको भाइरल अर्थात एच वान एन वानको शंका लागेकोले खकार र सिँगान परीक्षणका लागि रोग नियन्त्रण महाशाखा टेकुको प्रयोगशालामा पठाइएको उपचारमा खटिएका डाक्टर शाक्यले जानकारी दिनुभयो । परीक्षणवाट एच वान एन वान प्रमाणित भए गाउँमा भाइरलको महामारीको नै हुन सक्ने डा. शाक्यले वताउनुभयो ।
जुनीचाँदे गाँउपालिकाको १, २ र ३ लगायत अन्य वडा र वस्तीहरुमा भाइरल फैलिएको छ । ५ वर्ष मुनिका वालवालिका र दीर्घरोगीहरु माथि कडा रुपमा देखिएको भाइरल ज्वरोवाट अहिले सम्म १२ जनाको ज्यान गइसकेको छ । रुघा खोकी, ज्वरो, टाउँको दुख्ने, पखाला लाग्ने जस्ता लक्षण भाइरल पीडितमा देखिएको छ ।
भाईरल नियन्त्रणमा आउँन नसक्दा थप स्वास्थ्यकर्मी मंगलवार पठाईयो
भाइरल प्रभावित गाउँमा जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटवाट परिचालित चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुको टोलीले रोग नियन्त्रणमा ल्याउन नसकेपछि मंगलवार फेरि जिल्ला अस्पतालवाट थप चिकित्सक र औषधी प्रभावित क्षेत्रमा पठाइएको छ ।
एक जना चिकित्सक सहित दस जना स्वास्थ्यकर्मीहरु, नेपाली सेनाका स्वास्थ्यकर्मीहरुको टोलीले उपचारमा सहयोग गर्दा पनि प्रकोप नियन्त्रणमा आउन नसकेपछि जिल्ला अस्पताल जाजरकोटका मेडिकल अधिकृत डाक्टर भुपेन्द्रप्रकास मल्ल, नेपाल रेडक्रस सोसाइटीका स्वयमसेवक सहित अन्य स्वास्थ्यकर्मीको समुह औषधी सहित प्रभावित क्षेत्रमा हिडेको जिल्ला स्वास्थ्य प्रमूख रामवहादुर नेपालीले जानकारी दिनुभयो । उहाँले गाउँमा भाइरल प्रभावितहरुको संख्या वढ्दो भएकोले जिल्ला अस्पतालवाट थप औषधी र चिकित्सकको टोली मगाइएको वताए ।
जिल्ला अस्पताल जाजरकोटका निमित्त प्रमुख समेत रहेका डाक्टर भुपेन्द्र प्रकाश मल्लले गाउँमा भाइरलको प्रकोप वढ्दै गएका कारण आफु गाउँमा विरामीको उपचारका लागि हिडेको वताउनुभयो ।
अन्य ठाउँमा सदै छ भाईरल
उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुका अनुसार जिल्लाको दुर्गम तथा विकट जुनीचाँदे गाँपालिकाको वडा नं २ र ३मा सुरुमा देखिएको भाइरलको प्रकोप अहिले अन्य क्षेत्रमा पनि सर्दै गएको छ ।
स्वास्थ्यकर्मीका अनुसार अहिले सम्म ७ सय भन्दा वढीको उपचार गरिसकिएको छ र अझै दुइ हजार वढी विरामीको उपचार गर्न बाँकी छ । गाउँ गाउँमा जाँन नसकिएका कारण र सामान्य खालको औषधीको काम नगर्दा उपचारमा चुनौति थपिएको स्वास्थ्य प्रमूख नेपालीले वताउनुभयो । भाईरल प्रभावित क्षेत्रमा रहेका अधिकांश विद्यालय वन्द गरिएको छ । चिसो कारण उपचारमा निकै समस्य थपिएको नेपालीले वताउनुभयो । एक गाउँ वाट अर्को गाउँमा जाँदा घण्टै लाग्दा उपचारमा समस्य भएको स्वास्थ्यकर्मीले वताएका छन् । खानपानमा समेत ध्यान दिन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।





error: Content is protected !!