छेडागाड नगरपालिकाद्धारा पाठेघर स्कृनिङ शिविर सम्पन्न

जाजरकोट । पाठेघरको समस्याबाट पिडित महिलाहरुको लागि छेडागाड नगरपालिकाले पाठेघर स्कृनिङ शिविर सम्पन्न गरेको छ । नगरपालिका अन्तर्गत आधारभुत स्वस्थ्य तथा सरसफाई उपशाखाको आयोजनामा शनिवार शिविर सम्पन्न गरिएको हो ।
छेडागाड नगर क्षेत्रभित्र दिर्घकालिन रुपमा पाठेघरका रोगि महिलाहरुको संख्या निर्मुल पार्ने उद्देश्यका साथ शिविर संचालन गरेको नगरप्रमुख लाल बहादुर महताराले जानकारी दिनु भयो । नगरापालिकाले पाठेघरका रोगि महिलाहरुलाई उपचार गर्दा लाग्ने यातायात खर्चको समेत व्यवस्था गरेको छ ।

शिविरमा देखिएका जटिल खलका अर्थात अप्रेसननै गर्नु पर्ने ३० जना महिलाहरुलाई छनोट गरि अप्रेसनको लागि नेपालगंज पठाइने छ । पाठेघरको समस्या तेस्रो चरण सम्म पुगेका अर्थात पाठेघरको अपरेशननै गर्नुपर्ने भएका ३० जना मिहिलाहरुको लागि यस बर्ष प्रति महिला आठ हजार यातायात खर्चको व्यवस्था गरेको उपशाखाका भिमराज सिंहले जानकारी दिनु भयो ।
अधिकांस महिलाहरु पाठेघरको समस्याबाट पिडित भएका छन् तर लाजका कारण बाहिर नल्याउदा उनिहरु झन समस्यामा पर्ने गरेको सिंहको भनाई छ ।

यस्तो जटिल समस्यालाई न्युनिकरण गर्न नगरले बिभिन्न जनचेतनामुलक कार्यक्रम पनि गर्ने जनाएको छ । अबको केही बर्षमै महिलाहरुलाई पाठेघरको समस्याबाट मुक्त बनाउन नगरपालिकाले विशेष ध्यान दिएको जनाएको छ ।
शनिवार सम्पन्न शिविरमा तिन सय बढि महिलाहरुले पाठेघरको चेकजाँच गरेको उपशाखाका संयोजक धनिस कुमार खड्काले बताउनु भयो । पाठेघरको समस्या लिएर १६ बर्षे किशोरी देखि ७२ बर्षका बृद्ध महिलाहरु शिविरमा आएका थिए ।
पाठेघरको समस्या अधिकाँस कम उमेरमा बिहे गरेका महिलाहरुमा देखिएको विशेषज्ञ डा. पवन शाक्यले बताउनु भयो । सरसफाइमा उचित ध्यान नदिदा, अति ठुला भारीहरु बोक्दा र कम उमेरमै वच्चा जन्माउदा पाठेघरको समस्या बढि देखिएको उहाँको भनाई छ ।


भिजन खवर साभार ।











