गगनलाई भेट्न शिक्षण अस्पताल पुगेका राजन भट्टराईलाई कांग्रेस कार्यकर्ताले लखेंटे


काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगन थापा बम विस्फोटमा घाइते भएको खबर पाए लगतै शिक्षण अस्पताल पुगेका एमाले नेता राजन भट्टराई कांग्रेस कार्यकर्ताले दुव्र्यवहार गरेका छन् । एमालेबाट भट्टराई थापासंगै चुनावी प्रतिस्पर्धामा छन् । एमाले नेता भट्टराईले कांग्रेस कार्यकर्ताले आफु र आफ्ना सहयोगीलाई दुव्र्यवहार गरेको बताए ।
‘घटनाको जानकारी पाए लगतै अस्पताल पुगेको थिए तर, भिडले इमर्जेन्सीमा जान दिएन, मलाई धकेला धकेल गरेर बाहिर पठाइयो ।’ भट्टराईले भने ।
त्यस्तै थापामाथि नजिकबाट प्रहार भएको बम किट्ली बम रहेको तथ्थ खुलेको छ। प्रहरीले शंकास्पद २२ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई चपली क्षेत्रबाट बम पड्किएलगत्तै खटेको प्रहरी टोलीले पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका एसएसपी रबिन्द्र धानुकले जानकारी दिए।
‘हामीले २२ जना पक्राउ गरिसकेका छौं,’ टोली फिल्डमै खटेर पनि शंकास्पदलाई नियन्त्रण लिने काम गरिरहेको छ,’ एसएसपी धानुकले भने । प्रहरीले सो बम नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले पड्काएको निष्कर्ष निकालेको छ ।










