डोल्पाका दुई स्थानीय तहमा बिप्लवको जनसत्ताको बोर्ड !

दुनै(डोल्पा) १८ मंसिर
डोल्पाका दुई वटा स्थानीय तहमा स्थानीय सरकारका साईन बोर्ड हटाएर विप्लब माओवादी जनसत्ताको बोर्ड टाँसेको छ ।

तल्लो डोल्पाको जगदुल्ला गाँउपालिका र मुड्केचुला गाँउपालिकाको कार्यालयमा स्थानीय सरकारका साईन बोर्ड हटाएर नेकपा माओवादीले आफनो साईनबोर्ड र झन्डा टासेको हो ।


दलाल पुँजिबादी ंसंसदीय राज्यको विरोध गरेको भन्दै गाँउपालिकाका कार्यालयमा स्थानीय सरकारका झण्डा तथा बोर्ड कुच्चाए आफना झण्डा राखेका बताईएको छ ।

सरकारी साईनबोर्डहरु तोडफोड गरेर नेकपाको बोर्ड राखेको स्थानियहरुले जानकारि दिएका छन ।
विप्लबले गाँउपालिकाको कार्यालयमा भण्डा र बोर्ड राखेको भन्ने जानकरी पाए पछि प्रहरि जादा उनिहरुको बोर्ड र झण्डा नभएको प्रहरीको भनाई छ ।

जिप्रका डोल्पाका प्रहरी नायव उपरिक्षक हरी प्रसाद शर्माका अनुसार गाँउपालिका बोर्ड भने तोडफोड गरिएका र कुच्चाएर फालिएको पाईए पनि बिप्लबको भण्डा र बोर्ड नभएको दाबी गर्नुभयो ।

मंसिर १० मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अति सम्बेदनशिल क्षेत्रमा राखिएको यि २ गाँउपालिकामा निर्वाचनका बेलामा भने कुनै पनि अप्रीय घटान भने घटेनन् ।

निर्वाचन सकिएको केहि दिन देखि मु्ड्केचुला र जगदुल्ला गाँउपालिकामा नेकपा विप्लबले राज्य विरोधि बिभिन्न खाले क्रियाकलापहरु बढाउदै गएको छ ।

सरकारले जनबादी सत्ताको बाधक बने जनसंघर्ष मार्फत प्रतिनिधिहरुलाइ जनकारवाहि गर्ने चेतावनी नेकपा विप्लबको स्रोतले बताएको छ ।

भेरीखवर संवदाता





error: Content is protected !!