मैले चुनाव जितेर के गर्नु,यो देशले कहील्यी जितेन !

एतिहाँसिक–एतिहाँसिक भनेर चुनाव प्रचार गरेर के गर्नु लोभ लाग्दो ईतिहाँस कहील्यी रचिएन् ।
म घोषण पत्र बोकेर चुनावमा भोट माग्न जाँदा,
शनिवार बिहानै भिक्षा माग्न आएको भिक्षु जस्तो लाग्छ ।
समानुपातिक सब्द बिर्सेर,घरवाली,बहारवाली र सालीलाई प्रतिनिधि बनाउँदा म आफु कस्तो लोभि जस्तो लाग्छ ।

मैले निर्वाचन जितेर के गर्नु,हरेक पटक देश हार्दा,
म कस्तो भिकारी जस्तो लाग्छ ।२ अक्षर पढ्न लेख्न घण्टौ हिँड्ने बिद्यार्थीलाई देख्छु,भुकम्पले छानो उडाएका आफ्नै देशका शणनार्थीलाई देख्छु,उपचार नपाएर अकालमा मरेको मृत्युहरुलाई देख्छु,अनि म स्यमं आफुलाई देख्छु,चुनाव जितेर के गर्नु ।

यो देशले खै कहिल्यी जितेन आमा,श्रीमती र आफन्तहरुले बिदाईमा बगाएको आँशुका थोपाहरुमा जहँजमा चढेर खाडी गईरहेका जनशक्ति देख्छु,तिनै जनशक्तिले पठाएको रेमिट्यान्सको पैसाले चुनाव जित्दा म आफु भित्र अथाह देश भक्ति देख्छु ।

चुनाव पिच्छे मेरा भाषण चर्का चर्का झन चर्का हुँदै गए ब्यवस्था बदलियो तर अवस्था बदलिएन्,राती सुतेको बेला तारा देखिने घरहरु अझै पनि छन्,एउटै कोठामा दश जना सुत्ने सहरहरु अझै पनि छन्,मैले चुनाव जितेर के गर्नु ।
जितको खुशियालीमा मासुभात खुवाएर के गर्नु,खाली पेट सुत्ने घरहरु अझ पनि छन् ।

महिनाको मात्र एक पटक भएपनि,पेटभरी मासुभात खाने रहरहरु अझै पनि छन्,७ सालमा राणा विरुद्ध जित्दा मैले परिबर्तनको सपना देखाएर ४६ सालमा पंचायत विरुद्ध जित्दा मैले फेरी परिबर्तनको सपना देखाए,६३ सालमा राजा विरुद्ध जित्दा मैले अझ धेरै परिबर्तनको सपना मात्र देखाए ।

यी बर्षहरुमा खोलामा धेरै पानी बगिसक्यो,खाडीमा सुन फलिसक्यो,दशिक्षमा दियो बलिसक्यो,उत्तरमा रेल चलिसक्यो मैले चुनाव जितेर के गर्नु खै यो देशले कहील्यी जितेन,यो जित हो की हार हो,पटक पटक मैले बनाएको नालायक हो सरकार !

लेखक

विपिन सिँह कठायत
त्रिपुरा सुन्दरी नगरापलिका १ डोल्पा
(हाल अमेरीकामा अध्ययनरत छन्)





error: Content is protected !!