नयां सरकारले आयात–निर्यातसम्बन्धी कानुन संशोधन गर्छ – प्रचण्ड

चितवन – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयां बन्ने सरकारले आर्थीक क्रान्ति गर्ने दाबी गरेका छन् । उनले अव बन्ने सरकार हिजोको जस्तो कमजोर सरकार नबन्ने समेत बताएका छन् ।

उद्योग संघ चितवनले जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको स्वागत तथा सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पांच वर्ष भित्रमै आर्थिक क्रान्ति गर्ने र विकासको मोडल दुनियाले थाहा पाउने गरी अघि सार्ने दाबी गरे ।

पुर्व प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले शान्ति, सुशासन र समृद्धि नयां बन्ने सरकारको मुल नारा हुने बताए ।

स्थानीय, प्रादेशिक र केन्दरीय सरकार संयुक्त रुपमा संगै रहेको भन्दै उनले आयात निर्यात सम्बन्धी राष्ट्रका हितविपरित कानुनलाई संशोधन गर्नुपर्ने बताए ।





error: Content is protected !!