आमाको हातबाट जाउलो खाएर सुतेका थिए प्रकास

आमाको हातबाट जाउलो खाएर सुतेका थिए प्रकाश  काठमाडौं : पुष्पकमल दाहालका छोरा प्रकाशको मृत्यु अस्पताल ल्याउनु अगावै भईसकेको उनी निटकले जनाएका छन् । थापाथलीस्थित नर्भिक अस्पताल ल्याउँदा प्रकाशको चेत थिएन ।  राति आमा सीताले जाउलो खुवाएर कोठामा छाडी सुत्न गएकी थिइन् । बिहान उठेर बोलाउँदा नबोलेपछि प्रकाशलाई अस्पताल पुर्‍याइएको थियो ।

प्रकाश तीन दिनदेखि लाजिम्पाटमा आमासँगै बस्दै आएका थिए। शारीरिक रुपमा अस्वस्थ भएपछि बाबु पुष्पकमल दाहाललाई छाडेर उनी काठमाडौं फर्किएका थिए। अस्पतालमा पुगेका एक प्रहरी अधिकृतका अनुसार प्रकाशको नाकबाट हल्का रगत बगेको थियो।‘ अस्पतालले ब्रेन हेम्म्रेज हो वा हृदयघातबाट मृत्यु भएको हो नखुलाइसकेकाले मृत्युको कारण यही हो भन्ने अवस्था छैन, ती अधिकृतले भने ।

प्रकाश शनिबार राति आठ बजेसम्म पनि साथीहरुसँग सम्पर्कमा रहेको पारिवारिक स्रोतले जनाएको छ । एक आफन्तले भने,‘ हिजो राति पनि फोनमा कुरा भएको थियो, स्वास्थ्य ठीक छैन भन्दै गुनासो गरिरहेका थिए ।’

आर्थिक अवस्था बलियो भएपनि प्रकाशले स्वास्थ्यमा हेलचक्राई गरेको अस्पतालमा गाइँगुईँ सुनिन्थ्यो । ‘ सम्पत्ति अथाह थियो, एउटा चिकित्सकलाई रेगुलर स्वास्थ्य चेकअफका लागि राख्न सकिन्थ्यो, यो लापरबाही नै हुनुपर्छ, अस्पतालमा आएका माओवादीका कार्यकताहरुबीच गाइँगुर्इँ सुनिथ्यो





error: Content is protected !!