प्रकाश पत्नी बिना भावविह्वल हुँदै अस्पतालमा नेपालपोष्ट खबर । ३ मंसिर २०७४, आईतवार ११:४५ मा प्रकाशित काठमाडौँ । पति प्रकाश दाहालको आइतबार बिहान असामायीक निधन भएपछि पत्नी बिना मगर थापाथली स्थिति नर्भिक अस्पताल पुगेकी छिन् । भावविह्वल हुँदै अस्पताल पुगेकी उनलाई सम्हालन शुभचिन्तकहरुलाई समेत हम्मे हम्मे परेको थियो । हृदयघात भएपछि प्रकाश दाहाललाई पौने ६ बजे थापाथली स्थित नर्भिक पुर्याइएको थियो । उपचारको क्रममा उनको निधन भएको थियो । कञ्चनपुरमा प्रत्यक्ष तर्फकी उम्मेदवार रहेकी बिना चुनावी प्रचार प्रसारका क्रममा जिल्लामा नै रहेकी थिइन् । पिता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने अझै अस्पताल पुगेका छैनन् । त्यस्तै, विभिन्न पार्टीका नेता तथा शुभचिन्तकहरु अस्पताल आउने क्रम जारी रहेको छ । राताेपाटिवाट । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook