दमाई माथि दमाह वजाएकाे भन्दै घरमै गएर कुटपिट

जाजरकोट ।वाम गठवन्धन काे कार्यक्रम गएर दमाह वजाएकाे , खाना पकाएकाे भन्दै छेडागाड नपा १२ का दमाईहरु काङ्ग्रेस वाट कुटिएका छन् । कार्किगाउ स्थित घरमै अाएर कुटपिट गरेर घाईते वनाएकाे पिडित कले दमाईले वताउनुभयाे । कलेकि श्रीमती मनदिरि दमाई उहाका देवर पृर्थि दमाई घाईते भएका छन् । नेपाली काङ्ग्रेस जिन्दावाद , वाम गठवन्धन मुर्दावाद भन्दै अाएका काङ्ग्रेस का कार्यकर्ता काशिराम राेकाय, मेघ वादि,काशिराम वादि,लाल वहादुर शाहि,मान शाहि , विनाेद शाहि,टेक शाहि ,दिप मल्ल ले मङ्सिर १ गते राति घरमै अाएर कुटपिट गरेकाे पिडितले वताए । पिडित हरु उजुरि दिन जिल्ला प्रहरी कार्यालयमा गएकाे वताएकाे छ ।










