प्रचण्डका छोरा प्रकाश दाहालको निधन

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निधन भएको छ । आइतबार विहान ५ बजे अचानक बेहोस भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको थियो ।

अस्पताल नपुग्दै उनको निधन भइसकेको अस्पतालका महाप्रबन्धक रबि शर्माले भेरिखवर डट कम जानकारी दिए । यतिबेला अस्पताल परिसरमा सर्वसाधारण र सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहेको छ ।

झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै हेलिकोप्टरबाट काठमाडौं आउँदै छन् ।

झापाबाट हेलिकोप्टरमा काठमाडौं आउने तयारीमा प्रचण्ड
झापाको बि एण्ड सि अस्पतालको छतमा हेलिकोप्टर ल्यान्ड गर्दै

 

       





error: Content is protected !!