दोस्रो संविधान सभाका एजेण्डा के पुरा भए , केही किन दोहोरिए

जाजरकोट , ः यहाँका राजनीतिक दलले दोस्रो संविधान सभाको चुनावमा आफ्नो उम्मेदवार जीताउन विभिन्न महत्वकांक्षी एजेण्डाहरु अघि सारेका थिए । अहिलेको चुनावमा केही एजेण्डा तिनै छन् भने केही फेरिएका छन् ।
वाम गठवन्धनले अघि सारेका एजेण्डा र नेपाली कांगे्रसले अघि सारेका दोस्रो संविधान सभामा पनि मिलेका थिए , अहिले पनि करिव ,करिव मिलेका छन् । दोस्रो संविधान सभामा आफु विजय हुँनका लागि नेकपा (माओवादी ) केन्द्रका नेता शक्तिवहादुर वस्नेतले जाजरकोट संम्वृद्ध वनाउन भन्दै छिन्चु जाजरकोटको विचमा पर्ने राकम सल्लीवजार भेरी पुल निर्माण गर्ने , रिम्ना — छेपारे वीचमा रहेको भेरी पुल निर्माण गरि यातायातका सधान सञ्चालन गर्ने , जाजरकोटको जिल्ला अस्पतालको स्तर उन्नती गरि अप्रेशन सेवा सुरु गर्ने , जिल्लाका दुई ठाउँमा प्राविधिक शिक्षालय स्थापना गर्ने , जाजरकोट डोल्पा मोटरवाटो, जाजरकोट जुम्ला मोटरवाटो निर्माणलाई तिव्रता दिने , सल्लीवजार जाजरकोट सम्म रहेको सडकमा यातायात सञ्चालनका लागि खोलाहरुमा पुल निर्माण गर्ने , आयोडिन यूक्त जिल्ला का विभिन्न ठाउमा पहुँच पढाउने र नलसिंह गाड जलविद्युत आयोजना निर्माण गर्ने लगाएतका महत्वकाक्षी एजेण्डा अघि सार्नुभएको थियो ।
यि एजेण्डा सारेर चुनाव जाजरकोट क्षेत्र नं १ वाट जितेका वस्नेतले अघि सारेका एजेण्डा मध्य ८० प्रतिशत काम पुरा भएको देखिन्छ । केही दिर्घकालिन योजना भएकाले निर्माण कार्यका लागि काम जारी रहेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले वताउनुभयो । १३ वर्ष देखि काम हुँन नसकेको सल्ली राकम वीचको मोटर पुल शक्तिवहादुर वस्नेत गृहमन्त्री हुँदा आफै उद्धघाटन गनुभएको थियो । जाजरकोटको जिल्ला अस्पतालमा अप्रेशन सेवाको आफै शक्तिवहादुर वस्नेतले केही महिना उदघाटन गनुभएको थियो । रिम्नाको मोटर पुलनिर्माण कार्य सम्पन्न भएको छ । जाजरकोटमा केन्द्रिय विद्युतको लाईनको काम पुरा भई विद्युत परिक्षणको काम भईरहेको छ । ८० प्रतिशत क्षेत्र जाजरकोट क्षेत्र नं १ मा पर्दछन् ।
त्यस्तै नेपाली कांग्रेसको तर्फवाट दोस्रो संविधान सभामा निर्वाचन जित्नका लागि जाजरकोट क्षेत्र २ का तत्कालिन उम्मेदवार तथा अहिलेका प्रतिनिधी सभा सदस्याका उम्मेदवार राजिवविक्रम शाहले सडक यातायात पश्चिमका सवै ठाउँमा पुर्याउने लक्ष्य राख्नुभएको थियो । पश्चिममा रहेको काईनेट , टुमालिन खानीलाई व्यवस्थीत गर्ने र पश्चिममा विद्युतिकरण गर्ने , सञ्चार क्षेत्र पहुँच गाउँ गाउँमा पुर्याउनका लागि टेलिफोन टावर स्थापना गर्ने लक्ष्य राख्नुभएको थियो । उहाँले उठाएका तत्कालिन एजेण्डा २० प्रतिशत काम पुरा भएको गर्खाकोटका सौगात रावले वताउनुभयो । केन्द्रिय राजनीतिमा पहुँच कम हुँनुले पनि शाहले चुनावमा उठाएका सवै कुरा पुरा गर्न नसकेको नागरिक अगुवा शाहले टिप्पणी गर्नुभयो । पुर्व र पश्चिम जाजरकोटका सवै स्थानीयवासी ,नेता तथा कार्यक्रताहरु केन्द्रीय राजनीतिमा पहुँच वनाउन सफल माओवादी प्रभावशाली नेता शक्तिवहादुर वस्नेत संग नै केन्द्रित भएको पाईन्छ शाहले भन्नुभयो । अहिले पनि यी दुवै नेताले कसैले लिखित र कसैले अलिखित आफ्ना घोषण पत्र सार्वजानिक गदैँ चुनावी प्रचारमा होमिएका छन् । अहिले पनि नलसिंह गाड जलविद्युत आयोजना निर्माण , जाजरकोट डोल्पा सडक निर्माण, जाजरकोट जुम्ला सडक निर्माणका एजेण्डा फेरी समेटिएका छन् ।
जाजरकोटमा दोस्रो पटक कसैले पनि जितेको ईतिहास छैन । चुनावका प्रतिवद्धता पुरा नगर्दा जाजरकोटमा कुनै पनि उम्मेदवारले पनि दोस्रो पटक जितेको देखिदैन । यो पटक भने प्रतिनिधी सभा सदस्याका उम्मेदवार शक्तिवहादुर वस्नेत र राजिवविक्रम शाह दोस्रो संविधान सभाको चुनावमा जितेर अहिले पनि उम्मेदवार वन्नुभएको छ । उहाँ दुई मध्य एकले जितेमा जाजरकोटको ईतिहासमा दोस्रो पटक जितेर ईतिहास कायम गर्ने पत्रकार महासंघ जाजरकोटका अध्यक्ष भीमवहादुर सिंहले वताउनुभयो ।
शाह नेपाली कांग्रेसवाट उम्मेदवार वन्नु भएको छ भने वस्नेत वामगठवन्धनका तर्फवाट उम्मेदवार वन्नुभएको छ । शाह भन्दा केन्द्रिय राजनीतिमा वस्नेत अर्थ राख्ने व्यक्तित्व हुँन् । त्यस्तै प्रदेश सभा सदस्याका उम्मेदवार वामगठवन्धनका तर्फवाट क्षेत्र नं १ का गणेसप्रसाद सिंह , २ वाट करवीर शाही नयाँ अनुहार चुनावी मैदानमा हुनुहुन्छ । नेपाली कांग्रेसवाट प्रदेश सभा सदस्याका उम्मेदवार क्षेत्र १ का वेदराज सिंह नयाँ र २ वाट दिपकजंग शाह पुरानै अनुहार रहनुभएको छ । शाहले माओवादी नेता शक्तिवहादुर वस्नेत संग पराजित हुनुभएको थियो । यता गणेस प्रसाद सिंह नलगाड सरोकार समितिका अध्यक्ष समेत रहेका उहाँ नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्या हुनुहुन्छ भने वेदराज सिंह नेपाली कांग्रेसका जिल्ला कमिटी सदस्या हुनुहुन्छ ।










