इन्टरनेट पहुँचमा जोडियो डोल्पाको जगदुल्ला गाँउपालिका !

दुनै(डोल्पा) ३० कार्तिक
डोल्पाको जगदुल्ला गाँउपालिकामा पहिलो पटक टु जी इन्टरनेट सेवा जडान गरिएको छ ।
डोल्पा–जुम्ला सिमानामा पर्ने मौरे लेखमा रहेको रेडियो लिङ्क सेवाबाट उक्त गाँउपालिका अन्तर्गत पर्ने रिमीमा रहेको बिटिएस टावरमा माइक्रोओयव रेडियो लिङ्क जडान गरि टु जी इन्टरनेट सेवा संञ्चालन गरिएको दुरसञ्चार कार्यालय डोल्पाले जानकारि दिएको छ ।
भिस्याट प्रबिधिबाट माइक्रोओयव रेडियो लिङ्कमा परिणत गरी जगदुल्ला गाँउपालिकामा टु जी इन्टरनेट सेवा संञ्चालनमा ल्याएको क्षेत्रिय कार्यालय नेपालगञ्जका बरिष्ठ इन्जीनीयर सुरेन्द्र खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार अब एक महिना भित्रमा थ्रीजि सेवा पनि बिस्तार गरिने बताउनुभयो ।
थ्रीजि सेवाको लागि थप सोलार पावरको आबाश्यक्ता पर्ने भएकोले सबै ब्यबस्था कार्यालयले गरेको भए पनि निर्वाचनको बेला भएको कारण तत्काल सेवा बिस्तार गर्न नसकिएको जानकारि दिए ।
धर्म न्यौपाने र गेहेन्द्र सुवेदीको टोलीले बुधबार साँझ देखि माइक्रोओयव रेडियो लिङ्क जडान गरि इन्टरनेट सेवा सञ्चालन गरेका हुन ।
पहिलो पटक घरमै बसेर इन्टरनेट चलाउन पाउदा खुसिको सिमा नरहेको स्थानिय राज बहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो “अब हामी बिश्वसँग जोडियौ घरमा बसेर बिश्व हेर्न सक्छौ ।”
बारम्बारको अथक प्रयास पछि जगदुल्ला गाँउपालिकामा इन्टरनेट जडान गरिएको गाँउपालिका प्रमुख नारासिँह रोकायाले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्थानीय सरकार बनी सकेको र अब जगद्ुल्ला गाँउपालिकाको जनताको दुख,सुखको जिम्मेवारी आफ्नो काँधमा आईसकेकाले पहिलो प्रयास सफल भएकोमा खुशि लागेको बताउनुभयो ।
“जगदुल्ला गाउँपालिका भौगोलिक रुपमा मिलेको छ,मेरो पालामा म डोल्पा जिल्लाको नमुना गाँउपालिकाको छाप लागाउने प्रयास गर्नेछु” उहाँले प्रतिबद्धता गर्नुभयो ।
दैनिक बिकासका काम तिव्र हुदै गएको जगदुल्ला गाँउपालिकाका स्थानियहरु बताउछन । सडक बिस्तार भइ रहेको र अबको एक बर्षमा गाँउपालिकाको प्रत्यक बस्ति सम्म सडक बिस्तार हुने जुम्लादेखि कर्णाली राजमार्गमा जोडिने स्थानियहरु बताउछन । हाल आन्तरिक सडक बिस्तारको काम ३ वटा एक्जाभेटर र डोजरले तिव्र पारीरहेको प्रमुख नारासिँ रोकायाले जानकारी दिनुभयो ।
रामचन्द्र न्यौपाने










