सबै वामपन्थी एक भए समाजवादको नयाँ मोडल दिन सकिन्छ–प्रचण्ड

विरेन्द्र अाेली
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका सबै वामपन्थी शक्ति एक भए २१ औ शताब्दीमा संसारलाई नै समाजवादको नयाँ मोडल दिन सकिने बताएका छन् । माओवादी नेकपा संयुक्तको पार्टी एकिकरण घोषणा सभामा बोल्दै प्रचण्डले सबै प्रगतिशील वामपन्थी शक्ति एक हुनु पर्नेमा जोड दिए ।
नेपालका क्रान्तिकारी शक्तिले ओन्दोलनको नयाँ शिराबाट सोच्नु पर्नेे प्रचण्डले जोड दिए । ‘क्रान्तिकारी आन्दोलन अगाडि बढाउँदा अवसर चुनौति दुबै खडा हुन सक्छ । अन्तराष्ट्रिय कम्यूनिष्ट आन्दोलनका रक्षात्मक अवस्थामा भएपनि नेपालको कम्युनिष्ट आन्दोलन आक्रामक अवस्था छ । नेपालमा झण्डै दुई तिहाई वामपन्थी जनमत छ । त्यो जनमतलाई एकिकृत गर्न सक्दा अहिलेको २१ औ शताब्दीमा समाजवादको नयाँ मोडल दिन सकिने प्रचण्डले बताए ।

नेपालको अनुकुल वामपन्थी जनमतलाई ध्यान दिई एमाले र माओवादी तालमेलपछि एकतासम्म गर्ने सम्झौता भई सकेको छ । एकता घोषणा सभामा नेकपा सयूक्तका अध्यक्ष गणेश शाहले शान्तिपूर्ण तकिारले पञ्चायत हँुदै लोकतन्त्रका लागि लडेको बताए । शान्तिपूर्ण रुपमा लडेको पार्टी र जनयुद्ध गरेको पार्टी एक भई फुयजन हुने शाहले बताए । उनले भने, ‘बदलिएको परिस्थितिमा सबै बामपन्थी एक हुन थालेकाले हामीले पनि एकता गर्यौ ।’ सयूक्तका तीन जना सभासद पनि माओवादीमा जोडिने भएका छन् ।
नेकपा संयुक्तसँगको एकताले नयाँ उर्जा थप्ने छ
नेकपा संयुक्त र माओवादी केन्द्र विचको एकताले नयाँ उर्जा दिने प्रचण्डले बताए । कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी जनयुद्धपछि शान्ति प्रक्रियामा एउटै कम्यूनिष्ट केन्द्र बनाउन खोजेको थियौ । तर, सफल हुन सकेन । तर, एक दशक पछि कम्यूनिष्टहरु एकिकृत रधुर्वीकरण हुन थालेका छौ ।’ प्रचण्डले भने । यस्ता खालका एकता र धुर्वीकरणले समाजवादको नयाँ मोडल दिन सक्ने सम्भावना देखिएको उनले बताए ।

मैले पार्टी भत्काउने काम गरे
वौद्ध विछुले जस्तै घण्टी बजाए घिसेपिटे तरिकाले पार्टी नचलाएको प्रचण्डले बताए । ‘मैले जहिलै पनि पुरानो पार्टी भत्काउने नयाँ पार्टी बनाउने आन्दोलनको पुरानो रुप भत्काउन नयाँ रुप अबलम्वन गर्ने गरे । समाजमा नयाँ तरङ पैदा गर्ने मान्छेका दिमाग नयाँ बहस सृजनागरी समाजमा क्रान्तिकारी परिवर्तन ल्याउने काम गरे ।’ प्रचण्डले भने ।
२०४६ सालभन्दा अघि एउटा सानो पार्टीको महामन्त्री बन्ने अवसर प्रचण्डले पाएका थिए । प्रचण्डले भने, ‘मैले आफू महामन्त्री बनेको पार्टी भत्काउने काम गरे । केही महिना भित्रै एकता केन्द्र मशाल बनाए । एकता केन्द्र बनाएको पाँच वर्षपछि भत्काएर माओवादी बनाए ।
एक दश वर्ष जनयुद्धभर माओवादी बनाए । माओवादी शान्ति प्रक्रियापछि एकिकृत माओवादी बनाए । एकिकृत माओवादी भत्काएपछि माओवादी केन्द्र बनाए ।’ अहिले फेरी माओवादी केन्द्र भत्काएर नयाँ पार्टी नयाँ शक्ति बनाउने थालेको प्रचण्डले बताए ।
मोहनविक्रम र नारायणमानलाई ब्यङ्गे
मोहनविक्रम सिंह र नारायणमान विजुक्छेप्रति व्याङगे गर्दै प्रचण्डले बौद्ध भिक्षु जस्तै एउटै ठाउँमा घण्टी मात्र बजाउने गरेको आरोप लगाए । एउटै ठाउँमा बसेर कुनै परिवर्तन नगरी शिक्षु जस्तै घण्टी बजाउने मात्र काम गरेको भन्दै मोहनविक्रम र नारायणमानलाई आरोप लगाएका हुन ।
‘नारायणमान विजुक्छे भक्तपुर बाहेक अरु ठाउँमा हेर्नु हुन्न मोहनविक्रम सिंहले प्यूठान बाहेक अरु हेर्नु हुन्न ।’ प्रचण्डले भने, तर, ‘हामी ती पार्टी भन्दा फरक छौ उत्पिडित समुदायको पक्षमा लड्दै आएका छौ समाजलाई रुपान्तरण गर्दै एक ठाउँमा लगेका छौ ।’










