यी हुन पीडा नै पिडामा रहेका डोल्पाका अनाथ बालबालिका ,जसको साथमा कोहि छैन।

रास्ट कै नजरबाट दुर्गम मानिने यी हुन डोल्पाको दुर्गम गाउँका एक दर्जन बालबालिका साहारा विहीन भएका छन् । मुख्य अभिभावक नै गुमाएपछि लालनपालन तथा शिक्षा स्वास्थ्यको अवस्था नाजुक बन्दै गएपछि उनीहरु बेसाहारा बनेका छन ।
उनीहरुमध्ये कसैको बाबु छैन, कसैको आमा छैन कसैको भने बाबु–आमा दुबै गुमाउनु पर्दाको कारण साहारा बिहिन उनीहरु शिक्षा, स्वास्थ्य मनोरञ्जन जस्ता अधिकारबाट समेत वञ्चित भएका छन।
अभिभावक नै गुमाएपछि त्रिपुरासुन्दरी नगरपालिका भुवन झाक्री, रमिता बुढा,सुरज बुढा,करिस्मा के.सि,दिपेन्द्र थापा,कर्ण चन्द्र खडका,रुपलाल थापा,अन्जली सार्की ,नरगोपाल शाही,राधा देबकोटा र दिलमाया शर्मा गायतको पढेर ठूलो मान्छे बन्ने धोको अपूरै हुने अबस्थामा रहेको छ ।
“ हाम्रा संरक्षकको आर्थिक अवस्था कमजोर छ,घरमा बाबू आमा नै छैनन, गरिबीका कारण कापी, किताब कलमजस्ता शैक्षिक सामग्री उपलब्ध गराउन नसकेकै कारण पनि पढाइ छाड्नुपर्ने बाध्यता छ” उनीहरुले स्वरमा भने “यदि कुनै पनि सहयोगी हातले हामीलाई पढ्ने व्यवस्था मिलाई दिए पढेर ठूलो मान्छे बन्ने सपना साकार हुने थियो ।”
उनीहरु अहिले त्रिपुरासुन्दरी नगरपालिकास्थित– १ दिलमाया विष्टको घरमा आश्रित भएर बसेका छन् ।“पढ्ने चाहाना भएर पनि स्कुल जान नपाएका ती अनाथ बालबालिकालाई पढ्ने वातावरण मिलाई दिन घरमा ल्याएको थिएँ,व्यक्तिगत रुपमा एक वर्षसम्म सम्पूर्ण व्यवस्था गरेर पढाइ–लेखाइ गराए,तरअव नसक्ने अवस्था छ उनीहरुका लागि खाद्यान्न देखि लत्ताकपडा कापी कलम लगायतका सामग्रीको लागि व्यवस्था गरिदिन आग्रह गरेपनि कसैले पनि सहयोग नगरेको संरक्षक विष्टले बताउनु भेको छ ।
“मेरो कुनै पनि आयस्रोत छैन्, अहिले उनीहरुका लागि गाँसको व्यवस्था समेत गर्न धौधौ भएको छ “कुनै दातृ निकायबाट सहयोग भए ती असाय बालबालिकाको उद्धार हुने थियो” उहाँको भनाइ छ।कतै बाट यी अनाथ बालबालिका हरुको लागि शैक्षिक सामाग्री तथा अन्य सहयोग सामाग्री जुटाइदिन समेत अपिल गरेका छन।



