छोराको जीवन रक्षाको लागि आमाको याचना, स‌न्जिवका दुवै मृगौला फेल

जाजरकोट । दुवै मृगाैला फेल भएका भेरी नगरपालिका–४ जाजरकोटका सन्जिव चन्दकी आमाले उपचारका लागि सहयोगको याचना गरेकि छिन् ।

२२ बर्षिय छोराको दुवै मृगौला फेल भएपछि चन्दकी आमा नम्रता आर्जना चन्दले उपचारका लागि सहयोगको याचना गरेकि हुन् ।
आर्थिक अवस्था अत्यान्त नाजुक भएर उपचारार्थ अस्पतालमा लाग्ने रकमको व्यवस्था गर्न कठिन भएकोले आफ्नो एकमात्र छोराको जीवन रक्षा गरिदिन आग्रह गरेकी छिन् ।

उनका छोराको दुइमहिना देखि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार भइरहेको छ । कामको शिलशिलामा भारतको चेन्नै गएका त्यहीँको अस्पतालमा दुवै मृगाैलाफेल भएको पक्ता लागेको थियो ।

मृगाैला फेल भएको थाहा भएपछि छोरालाई नेपाल फर्काएर उपचार गरेयता दैनिक औषधि तथा जाँचका क्रममा हाल सम्म चार लाख रुपैया सकिएको उनले बताइन ।

“छोरालाई आफ्नै मृगौला दिएर बचाउन चाहेपनि ब्लड ग्रुप नमिलेपछी झन पिडाबोध भएको छ अब कसरी बचाउने हो” उनले भनिन् । मृगाैला प्रत्यारोपणका लागि ८ देखि १० लाख रकम खर्च लाग्ने भएकाले शुभेच्छुकसँग सहयोग माग्नुपर्ने अवस्था आएको चन्दकी आमाले बताइन ।

घरमा कमाईदिने कोही छैन श्रीमानको पनि ८ बर्ष पहिले मिर्गाैला रोगकै कारण मृत्यु भयो त्यसैले जति सक्नु हुन्छ त्यति सहयोग गरीदिनु पर्यो उनले भनिन् ।

सहयोग गर्न चाहनेल मृगौला पिडित चन्दकी आमा नम्रता आर्जना चन्दको नाममा राष्ट्रिय वाणिज्य बैक मा रहेको खाता नम्बर ४१६००२५९९७१० मा गर्न सक्नु हुन्छ । हाल औषधिको भरमा बाँचिरहेका चन्दको हप्तामा दूई पटक डायलासिस भइरहेको छ ।

 

भिसन खवरवाट साभार





error: Content is protected !!