बृद्धद्वारा सुस्त मनस्थितिकी बालिका बलात्कृत

जाजरकोट , छेडागार नगरपालिका–१०, झाप्राकी १५ बर्षीय सुस्त मनस्थितिकी बालिका बलात्कृत गरिएकी छन् । सोही ठाउँका ६४ बर्षीय मोती पुनले बालिकालाई जवरजस्तीकरणी गरेको प्रहरी निरीक्षक मधु न्यौपानेले बताए ।
आफ्नै घरमा सुतिरहेकी बालिकालाई पुनले गत शनिवार राति १० बजे कोठामा पसेर बलात्कार गरेको प्रहरी निरीक्षक न्यौपानेले बताए । पीडित बालिकामा मानसिक विचलन भएको निरीक्षक न्यौपाने बताए । पुनले बालिकालाई कोठामा थुनेर बलात्कार गरेको उनले बताए । पीडितका बाजेले बलात्कार गरेको थाह पाएपछि कोठामा ताला लगाएर पुनलाई थुनेका थिए ।

पीडक पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पीडितको जाहेरी अनुसार बलात्कारका आरोपी पुनलाई जवरजस्तीकरणी मुद्दा अन्तर्गत अनुसन्धान भैरहेको निरीक्षक न्यौपानेले बताए । पीडक पुनका ५ छोरा ४ छोरी र श्रीमती छन् ।

 





error: Content is protected !!