माओवादी केन्द्र र नेकपा संयुक्तबीच पार्टी एकता

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तबीच बुधबार पार्टी एकता भएको छ । बुद्धनगरस्थित एक पार्टी प्यालेसमा माओवादी अध्यक्ष प्रचण्ड र संयुक्तका अध्यक्ष गणेश साहले एकता घोषणा सम्वन्धी पत्रमा हस्ताक्षर गरे ।

घोषणापत्रमा सबै कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध हुन अपिल गरिएको छ ।

 

एकता घोषणा सभालाई सम्वोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टीहरुबीच नयाँ एकता र धु्रवीकरणको श्रृंखला सुरु भएको बताए । यो सच्चा कम्युनिष्ट क्रान्तिकारी र श्रमजिवी जनताहरुका लागि खुसीको कुरा भएको उनले बताए ।

यसैगरी नेकपा संयुक्तका अध्यक्ष साहले यो एकताले सामन्तवाद अन्त्य गर्दै समाजवादको जग बसाल्ने बताए । आगामी निर्वाचनमा माओवादी केन्द्रलाई आर्थिक, भौतिक, नैतिक सहयोग गरिदिन पनि उनले सबैलाई अपिल गरे ।

शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी नेकपा संयुक्तका तीन जना सांसद छन् ।





error: Content is protected !!