देशमा मौलाउँदो बिकृती,बिसंगती,भ्रष्टाचार अन्त्यकालागि स्थापीत ‘मिशन नेपाल’को डोल्पा कार्य समिती गठन

दुनै(डोल्पा) १५ भदौ
भ्रष्टाचार,अन्याय,अत्याचार एवं सामाजिक बिकृती,बिसंगती बिरुद्धमा जनचेतना जगाउन हाम्रो अभियान भन्ने मुल उद्येश्यका साथ स्थापीत मिशन नेपालको डोल्पा कार्य समिती विहीबार सदरमुकाम दुनैमा गठन भएको छ ।
नागरिक समाज,पत्रकार,समाजसेवी लगाएतका जिल्लाका सरोकारवालाहरुको छलफलबाट नौ सदस्यीय कार्य समिती गठन भएको हो ।
कार्य समितीको अध्यक्षमा ओमेन्द्र के.सी,उपाध्यक्षमा भुवन कठायत,कोषाध्यक्षमा कमला कुमारी शाही,सचिवमा दुर्गादेबी रोकाय,सह–सचिवमा शान्ति कुलाल,सदस्यहरुमा धनादेबी के.सी,निर्मला बुढा,कमल बुढा,टिकादत्त न्यौपाने,ज्ञान बहादुर बुढा,नवराज थापा सर्वसहमत चयन हुनुभएको हो ।
समितीको सल्लाहाकारमा लक्ष्मिकान्त उपाध्याय,दुधकुमारी हमाल,भानु प्रताप हमाल,नागरिक समाज डोल्पा,पत्रकार महासंघ रहेको अध्यक्ष केसीले बताउनुभयो ।
आजैका दिन देखि मिशन नेपाल डोल्पाले जिल्लामा व्याप्त भ्रष्टाचार,बिकृती बिसंगतीका बिरुद्ध सशक्त ढङ्गबाट तीब्र गतीमा कार्य संञ्चालन गर्ने अध्यक्ष केसीको भनाई छ ।
अध्यक्ष केसीका अनुसार “यतीखेर डोल्पाका विभिन्न क्षेत्रहरु भ्रष्टाचारको अखडा बनिरहेकाछन्,यसले जिल्लाको समग्र विकासलाई दशौँ बर्ष पछि धकिलेरहेको छ ,सम्बन्धित निकायले गर्ने अनुगमन मुल्याङ्कनको पाटो प्रभावकारी नहुँदा समेत यस्तो अवस्था आएको हो,अवको दिनमा मिशन नेपाल डोल्पा कुनै पनि स्वार्थबाट टाढा रहेर विशुद्ध अनुशासित समाज निर्माकालागि खवरदारी गर्ने तर्फ केन्द्रित हुनेछ ”उहाँले भन्नुभयो ।
मिशन नेपाल डोल्पाले यस अघि पनि अनाथ,असाहाय,विपन्न, बालबालिका लागि शैक्षिक सामाग्री लगाएत नगत आर्थिक सहयोग समेत गरिसकेको छ ।
७५ वटै जिल्लामा कार्य समिती गठनहुने गरि तराईको बारा जिल्लाबाट गठन सुरु भएको मिशन नेपालको अहिले देशका चालिस भन्दा धेरै जिल्लामा कार्य समिती गठन भईसकेको बताईएको छ ।

भेरीखवर संवादाता





error: Content is protected !!