लागु औषध सहित एक पक्राउ

सुर्खेत १५ भदौ । यहाँको जिल्ला प्रहरी कार्यालय सुर्खेतले ४ सय ६० मिलिग्राम व्राउन सुगर सहित वुधवार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वराहताल गाउँपालिका ३ का २१ वर्षिय निराजन शाही लाई वीरेन्द्रनगर नगरपालिका १२ तिनकुने स्थित रत्नराजमार्गवाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । शाहीको साथवाट NITRAZEPAM TABLETS I.P.    लेखेको ३ ट्यावलेट र NITRAVET-10  लेखेको ३ ट्यावलेट पनि फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक विज्ञप्ति प्रकाशित गरि जनाएको छ ।
हेमन्त के सी रासस





error: Content is protected !!