ग्रामिण क्षेत्रमा वित्तीय साक्षरताको अवस्था

–बालाराम खराल,
वित्तीय साक्षरता अन्तर्गत मुलतः वित्तीय चेतना, वित्तीय सुरक्षा, वित्तीय समावेशीकरण र वित्तीय सशक्तीकरण पर्दछन । सामान्य अर्थमा वित्तीय कारोवार सम्बन्धी ज्ञान नै वित्तीय चेतना हो । यसले मानीसको जीवनका लागी अपरीहार्य वित्तीय साधनहरु र वित्तीय कारोवार सम्बन्धी चेतनाको स्तरलाई फराकीलो पार्न सहयोग पु्याउँछ । यसबाट सुचना प्रविधीमा भएको तिव्र विकासले वित्तीय बजार र उपकरणमा थपेको जटीलता र तिनीहरुमा अन्तर्निहित जोखीमलाई न्युनीकरण गर्न सघाउ पु्याउँछ । वित्तीय चेतनाको माध्यमबाट आम जन समुदायमा बैकीङ बानीको विकासमा थप योगदान पुगी बचत मार्फत पुँजीको सिर्जना, औपचारीक क्षेत्रबाट सापेक्षीत रुपमा सस्तो ब्याजदरमा कर्जा उपयोग माफ्र्रत उत्पादन, उपभोग, लगानी, रोजगारीमा सकारात्मक प्रभाव पर्ने तथ्य विकसित राष्ट्रहरुको उदाहरणबाट स्पष्ट भइसकेको छ । सामान्य बैकीङ प्रक्रीया र नियमहरु नजानेर आफु ठगीएको, अलमलमा परेको तथा बैक तथा वित्तीय संस्थाहरुले निजहरुलाई अन्योलमा राखेको भन्ने जस्ता गुनासाहरु आम जनताहरुबाट आउने गरेका छन् । वित्तीय ज्ञानको अभिवृद्घिद्दारा यस्ता समस्याहरुको न्युनीकरण र समाधान गर्न सकिन्छ । विद्यालयस्तरका पाठ्य सामाग्रीहरुमा वित्तीय ज्ञान एवम् जानकारी सम्वन्धी विषयवस्तु समावेश गरी औपचारीक शिक्षा मार्फत वित्तीय चेतना अभिवृद्घि कार्यक्रमले विद्यार्थी, शिक्षक, अभीभावक एवम् स्थानीय स्तरमा सम्वन्धित सबै लाभान्वीत हुन सक्छन् । वित्तीय समावेशीकरणको सामान्य अर्थ सबैका लागी वित्तीय सेवा भन्ने हुन्छ । प्रत्येक नागरीक लाई सुलभ तरिकाले वित्तीय सेवाको पहुँच पु्याउनु नै वित्तीय समावेशीकरणको अवधारणा एवम् उद्देश्य हो । हरेक व्यक्तीसँग भएको सिमित स्रोत र साधनको कुशल उपयोग बारे जानकारी दिदै आय मुलक क्षेत्रमा लगानी गर्ने र त्यसबाट आर्थिक उन्नती गर्ने ज्ञान, सीप र कला प्रदान गर्नु वित्तीय साक्षरताको लक्ष्य हो । वित्तीय साक्षरताले पैसाको महत्व बुझ्न र सो अनुसार त्यसको उचित व्यवस्थापन गर्ने शिक्षा प्रदान गर्दछ । अर्को शब्दमा मानव जीवनका लागी अती आवश्यक पैसा वा धनसम्पत्ती कानुन बमोजीम मात्र आर्जन गर्ने, पैसा खर्च गर्दा मितव्ययी रुपमा बजेट बनाएर आय बमोजीम खर्च गर्ने, आफ्नो आयको केही अंश भविष्यका लागी बचत गर्ने तथा उद्यम व्यवसाय गर्नका लागी कर्जा लिने र विदेशको कमाई विप्रेषण(च्झष्ततबलअभ) को समुचीत र उत्पादनमुलक क्षेत्रमा उपयोग गर्ने ज्ञान तथा सीप वित्तीय चेतनाले प्रदान गर्दछ । नेपालको सन्दर्भमा यहाँको जनसङ्ख्याको ठुलो भाग अझै पनी औपचारीक वित्तीय सेवाबाट वञ्चित रहेको देखीन्छ । मुलुकको एक चौथाई जती जनसङ्ख्या गरीबीको रेखामुनी रहेको छ । सो जनसङ्ख्यालाई गरीबीबाट मुक्त गराउनु आवश्यक छ । गरिबी तथा बेरोजगारीको यो भयावह स्थिती, वित्तीय सेवाको न्युन पहुँचको अवस्थाबाट मुक्तीको लागी वित्तीय चेतना वा साक्षरता अभीयान अपरीहार्य छ । वित्तीय सेवाको माग पक्षमा अर्थपुर्ण सुधार ल्याउन वित्तीय चेतना एवम् साक्षरता कार्यक्रम विस्तार गर्नु अपरीहार्य र महत्वपुर्ण हुन आउँदछ । त्यसो त वित्तीय चेतना गरीबहरुलाई गरीबीबाट मुक्ती दिलाउन मात्र आवश्यक छ भन्ने बुझिनु हुदैन । यो शिक्षा समाजमा हरेक व्यक्तीहरुलाई आवश्यक छ । उचीत वित्तीय शिक्षाले मात्र उद्यम व्यवसायका संभावीत जोखीमबाट बच्न वा जोखीम न्युनीकरण गर्न सम्भव हु्न्छ ।
देशको अधीकाशं भु–भागमा शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभुत विकासका पुर्वाधारहरुको राम्रो व्यवस्था छैन । देशको अर्थव्यवस्थाको आवश्यकता भन्दा बढी बैक तथा वित्तिय संस्थाहरु भए पनि तिनिहरुको कार्यशैली अल्पकालीन नाफमा बढी केन्द्रित छन् । विपन्न वर्ग केन्द्रित भनिएका विकास बैक, वित्तीय संस्था तथा लघुवित्तीय संस्थाहरु पनी जील्ला सदरमुकाम केन्द्रित छन् । ग्रामीण तहसम्म वित्तिय सेवाको पहुँच स्थापित होस् भन्ने अभिप्रायले स्थापना भएका ग्रामीण सहकारी संस्थाहरु बाट केही टाठाबाठाहरुले मात्र फाइदा लिएको देखिन्छ । यस्तो अवस्थामा स्वास्थ्य, शिक्षा, यातायात, खानेपानी तथा संचारका पुर्वाधारहरुको कमी तथा गरीबीका कारण वित्तीय साक्षरता ओझेलमा परेको छ । यद्यपि यी समस्याहरुबाट मुक्ती पाउनका लागी पनी वित्तीय साक्षरता आवश्यक छ । नेपाल राष्ट्र बैकको वित्तीय साक्षरता अभियान गाउँ–गाउँ सम्म पुगेको छैन् । बैक तथा वित्तीय संस्थाहरुले केही अंश वित्तीय साक्षरतामा खर्च गर्नु पर्ने व्यवस्था भए पनी त्यसो हुन सकेको छैन् । विप्रेषण(च्झष्ततबलअभ) को आम्दानी प्रायः उपभोग्य सामानमा खर्च हुन्छ । अझै पनि बैक तथा वित्तीय संस्थामा सर्वसाधरणको सहज पहुँच पुग्न सकेको छैन । यस सन्दर्भमा नवनिर्वाचीत जप्रतिनीधीहरुको विशेष ध्यान जानु जरुरी छ । स्थानीय तहमा हुने आर्थीक क्रीयाकलापहरुको बारेमा सर्वप्रथम उनीहरुलाई नै वित्तीय रुपमा साक्षर बनाउनु जरुरी छ । स्थानीय तहका बजेट तथा कार्यक्रमहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु पनी समेटिनु पर्छ । नेपाल राष्ट्र बैक लगायत अन्य बैक तथा बित्तीय संस्थाहरुले प्रथामिकताका साथ ग्रामिण वित्तीय साक्षरताका लागी कार्यक्रमहरु गर्नुपर्छ  ।

वर्तमान अवस्थामा वित्तिय साक्षरताको कार्यक्रमहरु विप्रेषणको सही प्रयोगमा केन्द्रित हुनु जरुरी छ । विप्रेषण प्राप्त गर्ने घरपरीवारले बचत रकमलाई मुल रुपमा घर जग्गा जस्ता अनु््््््््त्पादक क्षेत्रहरुमा लगानी गर्ने प्रवृती बढ्दै गएको सन्दर्भमा यस्तो लगानी लाई उत्पादनशील क्षेत्रमा लगानी गर्नका लागी उत्प्रेरीत गर्नु जरुरी छ । हाम्रो जस्तो ग्रामीण एवम् निर्वाहमुखी अर्थतन्त्र भएको देशमा वित्तिय साक्षरताको आवश्यकता ग्रामीण क्षेत्रमा अझ बढी छ । विभिन्न व्यक्ती तथा संस्थाहरुले आफुसँग रहेको स–सानो रकम लगानी गर्न अवसरको खोजी गरीरहेका हुन्छन । तर समय ,पर्याप्त जानकारी , वित्तिय विश्लेषण गर्ने क्षमता ,जोखीम व्यवस्थापन सम्बन्धि जानकारीको अभावका कारण लगानी गर्न सकीरहेका हुदैनन् । वित्तिय साक्षरता मार्फत यस्ता स–सना लगानी लाई राष्ट्र निर्माणमा प्रयोग गर्न सकीन्छ । वित्तिय साक्षरताले लगानी र प्रतिफलको मात्र कुरा गर्दैन । सुन्दा सामान्य लाग्ने तर अत्यन्त महत्वपुर्ण पक्ष नोट तथा सिक्काको प्रयोग गर्दा ख्याल गर्नु पर्ने कुराहरु जस्तैः नोटलाई पट्याउने , कच्यककुचुक पार्ने, पोको पारेर धान मकैको भकारीभित्र राख्ने ,माटोमा गाड्ने ,नोटमा जथाभावी लेख्ने वा केरमेट गर्ने,च्यात्ने, भिजाउने , गर्दा नोटको आयु घट्ने मात्र होइन राष्ट्रको अमुल्य सम्पतीको दुरुपयोग हुने ,जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकोले नोटको जतन र सुरक्षण गर्नु पर्ने प्रत्येक नागरीकको कर्तव्य हुन्छ । यसकारण वित्तिय साक्षरता मार्फत सफा नोट सभ्यताको प्रतिक हो भन्ने विषयको ज्ञान सम्पुर्ण जनतामा बोध गराउनुपर्छ ।
प्राथमिक रुपमा सबैभन्दा संवेदनशिल एवम् लक्षीत बर्ग भनेको विद्यार्थी वर्ग नै हो । विद्यार्थीका लागी वित्तीय चेतना प्रदान गरीएमा जीवनका प्रारम्भीक दिनहरुबाटै बचत गर्न अभीप्रेरीत भई उनीहरुमा पैसाको सदुपयोग गर्ने बानी बस्ने हुनाले भवीष्यमा अपेक्षीत ढङ्गबाट आर्थीक एवम् सामाजिक काम गर्न सक्ने अवस्था रहन्छ । ठुला ओहदाका मानिसमा समेत कतीपय वित्तीय कारोवारको पुर्ण ज्ञान नभएको स्थिती छ । यद्यपी मानिसहरुको उमेर समुह, शैक्षीक योग्यता, आर्थीक अवस्था आदीका कारण विभीन्न वर्गका मानिसहरुमा फरक–फरक वित्तीय शिक्षा आवश्यक रहने अवस्था रहन्छ ।

लेखक  िजल्ला कृषि विकास बैक लि., जाजरकोटमा लेखापाल  हुनुहुन्छ । । 





error: Content is protected !!