नियम मिचेर गुप्तचरमा यसरी भयो डिआईजी बढुवा

काठमाण्डौ– सरकारले राष्ट्रिय अनुसन्धान विभागका एक जना डिआईजीलाई एआईजीमा र चार जना एसएसपीलाई डिआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषदको बुधबार बसेको वैठकले एआईजीमो वरियतामा एक नम्बरमा रहेका डिआईजी यदु खरेललाई बढुवा गरेको छ । बढुवाको लागी डिआईजी यादव रेग्मी पनि दौडमा भएपनि अन्ततः एआईजीमा एक नम्वरमा रहेका डिआईजी खरेल नै सरकारले एआईजीमा बढुवा गरेको हो ।
त्यसैगरी एसएसपीहरु हुतराज थापा,कुलदेव थापा,हरिहर पौडेल र ओम जोशीलाई सरकारले डिआईजीमा बढुवा गरेको छ । गूप्तचरमा लामो समयदेखी डिआईजीको दरबन्दी रिक्त रहेको थियो । सरकारले एसएसपीमा बढुवा भएको दुई बर्ष नपुेगका एसएसपी हुतराज थापालाई पनि नियमविपरीत एक नम्बरमा बढुवा सिफारीस गरेको छ । उनी २०७२ साउन २२ मा एसएसपीमा बढुवा भएका थिए ।
गुप्तचरको विशेष सेवा नियमावली २०७२ को ५।३ को १ सरुवा बढुवासम्बन्धी नियममा अनुसन्धान निर्देशक बन्न तल्लो तहमा तीन वर्ष अवधी पुगेको हुनुपर्ने उल्लेख छ । तर,अनुसन्धान निर्देशक पदपुर्ती गर्न आवश्यक भएको अवस्थामा तीन वर्ष नपुगेमा २ वर्ष नोकरी अवधी पुगेको उम्मेदवारलाई सरकारले पदमा नियुक्त गर्न सक्ने व्यवस्था छ ।
सरकारले हाल एक नम्वरमा रहेका एसएसपी ओम जोशीलाई चार नम्वरमा, दुई नम्वरमा रहेका कुलदेव थापालाई दुई नम्वरमा र चार नम्वरमा रहेका हरिहर पौडेललाई तेस्रो नम्वरमा बढुवा गर्ने निर्णय गरेको हो ।
त्यसैगरी नेपाली सेनाका सहायकरथी राजेन्द्र कार्कीलाई पनि सरकारले उपरथीमा बढुवा गरेको छ । कार्की हाल राष्ट्रपतिको कार्यालयमा कार्यरत छन् ।










