स्वास्थ्य मन्त्री पोखरेललाई स्वाइन फ्लु, स्वास्थ्य स्थितिमा सुधार हुँदै

स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललाई स्वाइन फ्लु इन्फ्लुएञ्जा ए – एच१एन१० भएपछि बीर अस्पतालमा उपचार गराइरहेका छन् । उनलाई आइतवार अस्पताल भर्ना गरिएको थियो ।
यद्यपी अस्पतालले उनलाई स्वाइन फ्लु भएको कुरा आधिकारिक रुपमा बताएको छैन ।
बीर अस्पतालका निर्देशक डा। भुपेन्द्र बस्नेतले स्वास्थ्यमन्त्री पोखरेलको माथिल्लो स्वाश नलीमा संक्रमण देखिएपछि अस्पतालमा भर्ना गरिएको कान्तिपुरलाई बताए ।
ुअहिले उहाँको स्वास्थ्य स्थिति राम्रो छ, खतरामुक्त हुनुहुन्छु उनले भने ।
यस बर्षको सिजनमा स्वाइन फ्लु देखिएको थियो । केही स्थानमा अझै देखिने क्रम जारी छ । यस रोगका कारण केहीको मृत्यु समेत भइसकेको छ










