यस्तो छ सुनसरीको निर्वाचन क्षेत्र विभाजन, दलहरुद्धारा असन्तुष्टि

देबेन्द्र कार्की , धरान

निर्वाचन क्षेत्र निर्धारण समितिले बुधवार बुझाएको प्रतिबेदनमा सुनसरी जिल्लाका राजनीतिक भुगोललाई चार वटा केन्द्रलाई केन्द्र विन्दु बनाएर चार वटा निर्वाचन क्षेत्रमा विभाजन गरेको छ ।धरानलाई केन्द्र मानेर सुनसरीको निर्वाचन क्षेत्र नं १ मा साविकको धरान नगरपालिका, पाँचकन्या, विष्णुपादुका, बराहक्षेत्र, भरौल र बकलौरी गाविस रहेका छन । पछिल्लो समायोजनामा पाँचकन्या र विष्णुपादुका धरान उपमहानगरपालिकामा, बराहक्षेत्र र भरौल गाविस बराह नगरपालिकामा र बकलौरी गाविस रामधुनी नगरपालिकामा समायोजित भएका छन् ।

सदरमुकाम इनरुवालाई केन्द्र बनाएर तय गरिएको निर्वाचन क्षेत्र नं २ मा साविकको हाँसपोसा गाविससमेत रहेको इटहरी नगरपालिकाको वडा नं १ देखी ५ सम्म राजमार्गदेखी उत्तरतर्फको भुभाग साथै पकलीसहित १६ नं वडा देखी २० नं वडा सम्मको भुभाग, रामधुनी नगरपालिकाको बकलौरी र वडा नम्बर ८ अर्ताबाहेकका भुभाग, हालको इनरुवा नगरपालिकाको वडा नम्बर ७ चाँदवेलाबाहेको भाग, हरिनगरा गाउँपालिका ३ गौतमपुर, देवानगञ्ज गाउँपालिकाका मध्यहर्षाही, राजगञ्ज सिनवारी, देवानगञ्ज, कप्तानगञ्ज र साहेवगञ्ज समावेश गरिएको छ ।

यस्तै दुहवी नगरपालिकालाई केन्द्र बनाएर निर्धारण गरिएको निर्वाचन क्षेत्र नं ३ मा इटहरी नगरको मुख्य बजार क्षेत्र र राजमार्ग देखिको दक्षिण तर्फको खनार र एकम्बासहितको वडा नम्वर ६ देखि १५, सम्पूर्ण दुहवी नगरपालिका ९ साविकको दुहवी नगरपालिका, सोनापुर, सिमरिया, भलुवा, पुर्वकुशाहा०, गढी गाउँपालिका ९मधेली, औरावनी , सतेरझोरा, छिटाहा ०, बर्जु गाउँपालिका ९चिमडी, अमाहीवेला, अमडुवा, रामगञ्जवेलगछिया० र इनरुवाको ७ नम्वर वडा रहेको साविकको चाँदवेला गाविस समावेश छन् ।

लौकहीलाई केन्द्र बनाएर निर्धारण गरिएको निर्वाचन क्षेत्र नं ४ मा बराह नगरपालिका अन्र्तगतका ६ देखी ११ नं (चक्रघट्टी, प्रकाशपुर, मधुवन), भोक्राहा गाँउपालिका (भोक्राहा र नरसिंह), कोशी गाँउपालिका ( लौकही, पश्चिकुशाहा, श्रीपुरजब्दी, हरिपुर) र हरिनगरा गाँउपालिको गौतमपुर बाहेकको रामनगरभुटाहा, बसन्तपुर, घुस्की, हरिनगरा मिलाइएको छ । इनरुवा वडा नं. ७, दुहबी नगरपालिका, बर्जु गाउँपालिका र गढी गाउँपालिका समावेश भएका छन् ।

आयोगले सार्वजनिक गरेको क्षेत्र निर्धारणप्रति दुई नंं क्षेत्रका राजनीतिक दलहरुका नेताले असन्तुष्टी जनाएका छन् । विशेष त इटहरी उपमहानगरलाई विभाजन गरिएको भन्दै नेताहरुले आपति जनाएका छन् । यसरी इटहरीलाई विभाजन गर्नु दुर्भाग्य पुर्ण भएको नेपाली कांग्रेसका नेता हेमकर्ण पोडेलले सामाजिक सञ्चालबाटै सार्वजनिक गरेका छन् ।

राजनीतिक दाउपेच को शिकार बनाएर निर्वाचन क्षेत्र निर्धारण गर्दा छलफल समेत नगरेकोमा पौडेलले नगर प्रमुख, सांसद, नेताप्रति आपत्ती जनाएका छन् । नेकपा एमालेका इटहरी नगर इञ्चार्ज रामप्रसाद चौलागाईले एमालेले इटहरीलाई प्रदेश राजधानी बनाउने उद्घोषसँगै प्रदेश कार्यालय स्थापना गरेको अवस्थामा कांग्रेस, माओबादी र फोरम लोकतन्तरिक गठबन्धनले इटहरीलाइ विभिन्न क्षेत्रमा बिभाजन गरी इटहरीलाइ अस्तित्वविहिन बनाएको भन्दै आपत्ति जनाएका छन् ।

नेकपा एमालेबाट क्षेत्र नम्वर २ बाट प्रत्यक्ष निर्वाचित संसद रेवतीरमण भण्डारीले पनि क्षेत्र निर्धारणप्रति असन्तुष्ट जनाए । मापदण्ड र जनसख्याको समानता नमिलेको उनको नभाई छ । क्षेत्र नम्वर २ मा २ लाख २८ हजार जसंख्या भए पनि क्षेत्र नम्वर ३ मा १ लाख ८३ हजार मात्र जनसंख्या छ । कसरी यती धेरै जनसंख्या फरक भयो उनले प्रश्न गरे । सत्ता पक्षका पार्टीका नेता जिताउन गम्भीर षड्यन्त्र भएको उनको भनाई छ ।

 

यस्तो छ क्षेत्र निर्धारण
क्षेत्र नं. १
धरान उपमहानगरपालिका पुरै
रामधुनी नगरपालिका वार्ड नं. ६ र ७
बराह नगरपालिका १ देखि ५
क्षेत्र नं. २
रामधुनी वार्ड १, २, ३, ५, ८ र ९
इटहरी वार्ड १ देखि ५ र १६ देखि २०
इनरुवा १, २, ५, ६, ९ र १०
हरिनगरा वार्ड नं. २
देवानगञ्ज गाउँपालिका
क्षेत्र नं. ३
इटहरी वार्ड नं. ६ देखि १५
इनरुवा वार्ड नं. ७
दुहबी नगरपालिका
बर्जु गाउँपालिका
गढी गाउँपालिका
क्षेत्र नं. ४
रामधुनी वार्ड नं. ४
बराह नगरपालिका वार्ड नं. ६ देखि ११
इनरुवा वार्ड नं. ३, ४, ८
भोक्राहा गाउँपालिका
कोशी गाउँपालिका
हरिनगरा गाउँपालिका वार्ड नं. १, २, ४, ५, ६, ७

 





error: Content is protected !!