समाचार प्रभाव , औषधी ,स्वास्थ्यकर्मीको टोली भाईरल प्रभावित क्षेत्रमा

जाजरकोट । जाजरकोटका विभिन्न क्षेत्रमा फैलिएको भाइरल ज्वारोको प्रकोपको समाचार प्रकाशित भएपछि विहिवार दिउँसो औषधी र, स्वास्थ्यकर्मीको टोली त्यसतर्फ लागेको छ । जिल्लाका त्रिवेणी नलगाड ५ मा वढी संक्रमण भएका कारण सो तर्फ पहिलो चरणको उपचार सुरु हुँने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । नेकपा माओवादी केन्द्रका जिल्ला कमिटिका सदस्या प्रशान्त शर्मा को नेतृत्वमा स्वास्थ्यकर्मीहरु भण्डारीगाउँ, मुली ,पोख्रा लगाएका गाउँमा गएको छ । टोली भोली विहान सम्म पुग्ने शर्माले वताउनुभयो । वाटो विकट भएका कारण रोग प्रभावित क्षेत्रमा जाँन समस्या भएको शर्माले वताउनुभयो । पहिलो चरणमा अत्यआवश्यकिय सेवा दिने र अवस्था हेरेर थप सेवा उपलव्ध गराउने जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका रामवहादुर थापाले वताउनुभयो । प्रभावित क्षेत्रको अवस्थाको सहि जानकारी लिएर केन्द्रवाट थप जनशक्ति परिचालन गरिने पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतले वताउनुभयो । एक गाडी औषधी र ५ जना स्वास्थ्यकर्मी पहिलो चरणमा पठाएको छ । तस्विर उपलव्ध छ ।











