सबैको प्यारो बनेका कुलमानलाई हटाउन यस्तो छ भित्री चलखेल

काठमाडौँ– दैनिक १२ घन्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेर वाहवही कमाएका नेपाल प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन उर्जामन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारी लागिपरेका छन् । गर्त बर्षको भदौं २९ गते चार बर्षका लागि नियुक्त घिसिङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बैसाखी टेकेर हटाउन लागिएको हो ।

लोडसेडिङ सधैंका लागि अन्त्य गरी‘उज्यालो नेपाल’ बनाउने अभियानमा लागेका घिसिङ र उनका सहयोगीको सम्पत्ति छानबिन गर्न आयोगमा निवेदन दिएको खुलासा भएको छ । घिसिङ,राजिव शर्मा।प्रबल अधिकारीलगायत प्राधिकरणका उच्च तहका ५ जना कर्मचारीविरुद्ध निवेदन दिइएको अख्तियार श्रोतको भनाई छ ।

प्राधिकरणका ती अधिकारी आयोगले थमाएको व्यक्तिगत विवरण तथा पारिपारिक सम्पत्ति विवरण फारम९१३ पाने० भर्न तल्लीन छन् । घिसिङलाई हटाउने अन्य उपाय नभएपछि उर्जामन्त्री महेन्द्रबहादुर शाहीले अख्तियारलाई गुहारेका हुन । उर्जामन्त्री शाहीले प्राधिकरणका उच्च कर्मचारी सम्पत्ति विवरण भर्न तल्लीन रहेकाले काममा प्रभाव परेको बताउदैं आएका छन् ।‘सम्पत्ति विवरण भर्नुपर्ने कारणले प्राधिकरणका केही कर्मचारी बिदामा छन्’उनले भने,‘यसले काममा असर परेको छ।’

 

नागरिक दैनिकबाट





error: Content is protected !!