भ्रष्टाचार बिरुद्ध १९ वटा मन्त्रालयमा ध्यानाकर्षण पत्र

रेशम बहादुर खड्का

जाजरकोट , जाजरकोट काे छेडागाड नगरपालिका मा भ्रष्टाचार भएको भन्दै विभिन्न १९ वटा मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाईयकाे छ । केहिदिन यता छेडागड नगरपालिकाका विभिन्न वडा हरुमा सुचना माग गर्दा ढिला सुस्ती गरेकोमा उक्त मन्त्रालय हरुमा ध्यानाकर्षण पत्र बुझाईयकाे भ्रष्टाचार विराेधि अभियानकर्ता शारदा भुसाल (झा) छेडागाड नगरपालीकाका ३० वटा सार्वजनिक निकायले व्यापक अनियमितता गरेकाे विषयमा केहि समय देखि सूचना संकलन भइ रहेकाे थियो । सूचना प्राप्त हुने क्रम जारी भ्रष्टाचार विराेधि अभियानकर्ता भुसाल (झा) ले जानकारी दिनु भयो । हामीले छेडागाड नगरपालिका भित्रका साविक गाविसहरुमा मात्र अहिले सूचना माग विल संकलन समस्या संकलन र समाधानलाइ तिव्र गतिमा अघि लगिरहेका छाैं ।

हामी नागरिकले नै अनुगमन गरी सूचना र नागरिककाे बयान स्थलगत भ्रमणका क्रममा देखिएका विषय र सूचनाकाे हक प्रयाेग गरी संकलन गरिएका प्रमाणका अाधारमा अख्तियार देखि सम्बन्धित मन्त्रालयहरुमा प्रतिवेदन बुझाउने छाै र कारवाही नभएकाे खण्डमा छेडागाडमा अामरण अनशन बसि सम्बन्धित निकायलाइ अनुगमन गर्न बाध्य पारी गलत गर्नेलाइ कारवाहीकाे दायरामा ल्याउने छाै भन्दै हामीले १९ वटा निकायमा ध्यानाकर्षणपत्र दर्ता गराएका छाैं भ्रष्टाचार विराेधि अभियानकर्ता शारदा भुसाल (झा) ले जानकारी दिनु भयो । दर्ता गरिएका अायाेग र मन्त्रालयहरु मिति २०७४।०५।११ र दर्तानम्वरहरु १. अख्तियार दुरुपयाेग अनुसन्धान अायाेग दर्ता नं.३५६१ २. प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालय दर्ता नं.२६६९ ३. कृषि विकास मन्त्रालय दर्ता नं.९३२ ४. संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय दर्ता नं.९१७ ५. खानेपानी तथा सरसफार्इ मन्त्रालय दर्ता नं.४३७ ६. भाैतिक पूर्वाधार तथा सरसफार्इ मन्त्रालय दर्ता नं.५७८ ७. गृह मन्त्रालय दर्ता नं. २८५ ८. शिक्षा मन्त्रालय दर्ता नं.९३३ ९. पशुपंक्षी विकास मन्त्रालय दर्ता नं. ४१० १०. सहरी विकास मन्त्रालय दर्ता नं.३८७ ११. वन तथा भुसंरक्षण मन्त्रालय दर्ता नं.४१८ १२. भुमि सुधार तथा व्यवस्था मन्त्रालय दर्ता नं.६१९ दर्ता मिति २०७४।०५।१२ १. संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय दर्ता नं.२१४८ २. उर्जा मन्त्रालय दर्ता नं.८०२ ३. महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय दर्ता नं.८७१ ४. सिंचाइ मन्त्रालय दर्ता नं.१०९९ ५. स्वास्थ्य मन्त्रालय दर्ता नं.१५४२ ६. जिल्ला प्रशासन कार्यालय जाजरकाेट खलंगा ध्यानाकर्षणपत्र रजिष्ट्रि गरेकाे । ७. अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगकाे कार्यालय सुर्खेतमा ध्यानाकर्षणपत्र रजिष्ट्रि गरेकाे ।

ध्यानाकर्षणपत्र लेखि सहिछाप गरी विभिन्न निकायमा दर्ता गरिएको भ्रष्टाचार विराेधि अभियानकर्ता शारदा भुसाल (झा) ले जानकारी दिनुभयाे । उता छेडागाड नगरपालिकाका नगर प्रमुख लालबहादुर महतारा ले अाफु भ्रष्टाचार बिराेधि भएको ले यस्तो काम गर्ने ब्यक्ति लाई तत्काल कार्बाहिकाे दाहेराम ल्उन सुजाब दिनुभएको छ ।छेडागाड अाफैमा पछाडि परेको सञ्चार क्षेत्र ले पछि पढेकाेले केही ढिला सुसती भएको ले तेहिपनि अाफनाे नगरले उपलब्ध गरायकाे र अागामि दिनमा अाफनाे नगर बाट हुने जुनसुकै यस्तो अभियान मा अाफनाे सहयोग रहने प्रमुख महतरा ले जानकारी दिनु भयो ।





error: Content is protected !!