गाउँको कलहले सिंहको ज्यान गयो, २ वर्षदेखि उनको परिवार त्रिपालमै

नरजन तामाङ, हुम्ला च्यातिएको त्रिपालबाट आकाश देखिन्छ । वर्षाको समयमा पानी चुहिएर ताल पर्छ भने हिउदको सयममा चिसोले कठ्याङ्ग्रिएर बस्नुपर्छ । गाँउका अरु मानिसहरु तातो घरमा बसिरहँदा सिमकोट गाँउपालिका खोल्सी ८ का एक घरका ७ जनाको परिवार दुई वर्षदेखि च्यातिएको त्रिपालमै जीवन बिताउन बाध्य छन् ।


दुइ वर्ष अघि गाउँमा छिमेकीसँग कलह हुँदा श्रीमानले गाउँ नजिकैको नदीमा हाम फाली आत्महत्या गरेपछि परिवारको बिच्चली भएको बताउँछिन् खोल्सी ८ की रुपसरा सिंह । श्रीमानको मृत्यु पछि गाउँकै तलपट्टी त्रिपाल लगाएर वषौ दिनदेखि बस्दै आएको पीडा पोखिन् उनले ।


‘श्रीमान हुँदा कमाएर ल्याउनु हुन्थ्यो ,उहाँ नभपछि कति रात भोकै सुत्ने गरेका छौं । श्रीमान लामा समुदायमा भेडाबाख्रा चराएर बस्नु हुन्थ्यो, त्यहीँ कमाएको पैसाले परिवार खर्च गरेको थियो । गाउँमा जग्गाको विषयमा विवाद भएपछि नदीमा हाम फाली अकालमै ज्यान गुमाउनु भयो ’ सिंहले भनिन् ।

गाउँमा कलह पछि सुर सिंहले नदीमा हाम फालेर ज्यान गुमाए । उनले ज्यान गुमाएपछि उनका परिवारको बिच्चली भएको छ । श्रीमानको मृत्युपछि गाउँमा जग्गा पाउने आशामा कुरेर बसेकी छन ।





error: Content is protected !!