माओवादीले अव सामाजिक छवि र चरित्र बनाउनु पर्छ — प्रचण्ड

हेमन्त के सी
सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ नं. प्रदेशलाई रगतले पोतिएको आधार ईलाका भएको बताउर्दै वताउनुभयो ।
पार्टी केन्द्रको ध्यान ६ नम्वर प्रदेशमा केन्द्रित भएको बताउदैं अध्यक्ष प्रचण्डले सरकारले पनि ६ नं. प्रदेशलाई प्राथमिकता दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईहरुले यस क्षेत्रमा राम्रो भूमिका खेल्नुभएको छ । ६ नम्वर प्रदेश ब्यालेटको लडाईमा आधार ईलाका भएको छ । तपाईहरुले जितेका नगरपालिका र गाउँपालिकामा नमूना काम गर्नुस्। ६ नम्वर प्रदेशमा माओवादीको प्रादेशिक सरकार बन्छ, त्यसको तयारीमा लाग्नुस ।’
प्रचण्डले मधेश माओवादीमय बन्दैछ गएको दावी गनुभयो । मधेशको पक्षमा लड्ने शक्ति माओवादी नै हो भन्ने कुरा जनताले बिस्तारै बुझ्दै गएकाउनले बताउनुभयो । मधेशमा थुप्रै बुद्धिजीवी र नेताहरु माओवादीप्रति आकर्षित हुँदै भएको पनि उहाँको दावी छ ।
‘वर्गसङ्घर्ष अहिले ब्यालेटमा छ, त्यसको मूख्य केन्द्रबिन्दु ६ नम्वर प्रदेशनै हो । हामीले यसलाई शक्तिशाली बनाएर जानुपर्छ। त्यसको ठोस योजना बनाउनुस,’ अध्यक्ष प्रचण्डले भन्नुभयो‘ संगठन बाहेक क्रान्तिकारी पार्टीको अर्को कुनै हतियार छैन। संगठन नै हाम्रो मूख्य शक्ति हो, यसले बुर्जुवा वर्गलाई परास्त गर्न सकिन्छ । संगठनको बलले नै ब्यालेटको लडाई जितिन्छ।’
संगठन बनाउने भनेको जनकार्य गर्नु भएको उहाँले बताउनुभयो । माओवादी सामाजिक चरित्रको हुन सकेन। प्रचण्डले भन्नुभयो, ‘माओवादीका नेता कार्यकर्ता बिहेमा जन्त जाँदैन, मर्दा मलामी जाँदैनन् अप्ठ्यारो पर्दा भेट्दैनन्, जनताका गुनासा सुन्दैनन् भन्ने गुनासो छ। यसलाई हामीले सच्चाउनै पर्छ। सामाजिक छवि र चरित्र बनाउनु पर्छ।’
विकास र समृद्धिमा पनि माओवादी नै अब्बल भएको उहाँले बताउनुभयो । यो देशको राजनीतिक र आर्थिक विकासमा माओवादी मात्रै सक्षम छ । अरु कुनै पनि पार्टीले राजनीतिको नेतृत्व गर्न पनि सक्दैनन, विकास पनि गर्न सक्दैनन्। देश माओवादी बाहेक अरुले सम्हाल्न नसक्ने पनि प्रचण्डले बताउनुभयो ।
‘एमाले पहाडमा राष्ट्रवादको नारा बोकेर नश्लवादको अभ्यास गर्दैछ । मधेशी दलहरु मधेशी राष्ट्रवादको नाममा पृथकतावादको अभ्यास गर्न खोज्दैछन्।’ प्रचण्डले भन्नुभयो , ‘हिमाल, पहाड, तराई,मधेशलाई जोड्ने, राष्ट्रिय एकता बलियो बनाउने माओवादी कसरी लम्पसारवादी ? हामीले देशको हित बिपरित कुनै निर्णय गरेका छौ ? हामीले कुनै राष्ट्रघाति सन्धि सम्झौता गरेका छौ ? सबै जाति क्षेत्रलाई बराबरीको अधिकार दिनुपर्छ भन्दा हामी कसरी लम्पसारवादी ?जनतामाथि भयानक भ्रम छर्न खोजिएको छ। यो देशमा राष्ट्रवादी र राष्ट्रिय एकता चाहने शक्ति माओवादी मात्रै हो, अरु पार्टी छैनन्। बरु उनीहरु आफ्ना अपराध लुकाउन जनता झुक्काई राखेका छन्।’
प्राप्त परिर्बतनलाई रक्षा गर्दै बाँकी परिबर्तनका लाई सबै माओवादी एक हुनुको बिकल्प नभएको बताउदै उहाँले भन्नुभयो, ‘वैद्यजी पनि कुनै लाज नमानी माओवादी केन्द्रमै आउनुपर्छ, विप्लवजी पनि अन्त जाने ठाउँ छैन। बाबुरामजी पनि भौतारिनु पर्दैन, दक्षिणपन्थीहरुसँग एकताको गुहार गर्नुभन्दा माओवादीमै आउनु राम्रो हुन्छ। त्यसैले आग्रह छोडेर सबै माओवादीहरु एक ठाउँमा आउनैपर्छ ।
माओवादी केन्द्र संसदवादी नभएको तर अहिलेको संसद, संविधान हो, सरकार आफूहरुले बनाएको उहाँले बताउनुभयो । आफूले बनाएको यी संस्थाबाट भागेर माओवादीलाई फाइदा नहुने उहाँको दावी छ । प्रचण्डले वैद्य र विप्लवजीलाई यो कुरा यथार्थतालाई बुझ्नु पनि आग्रह गनुभयो । प्रशिक्षणमा ५ सय भन्दा वढी कार्यक्रताहरु सहभागी छन् । कार्यक्रममा ६ नम्वर प्रदेशका सवै जिल्लाको प्रतिवेदन प्रस्तुत गरिएको छ ।










