माओवादी अव जीतको दिशा तिर लागी सक्यो ः प्रचण्ड

सुर्खेत  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले माओवादी केन्द्रले अब हार्ने ठाउँ नभएको बताउनुभएको छ । संगठन परिचालनको कमी र नेता गाउँ नजाँदा हारिएको समेत उहाँले वताउनुभयो ।
पार्टीको प्रदेश नं. ६ को प्रशिक्षण कार्यक्रममा सुर्खेत पुग्नुभएका अध्यक्ष प्रचण्डले पत्रकारहरुसँगको भेटमा माओवादी केन्द्रले हार्नुपर्ने जति हारिसकेको भन्दै अब नहार्ने दावी गर्नुभयो ।
जति हारियो, हारियो, अब माओवादी यहाँभन्दा तल जाने ठाउँ छैन, पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले भन्नुभयो, माओवादी एकता र ध्रुवीकरणको प्रक्रियामा छ । हेर्दै जानुहोला, अब माओवादीले जित्दै जान्छ ।
प्रचण्डले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिते मात्र देशमा राजनीतिक स्थीरता दिने दावी गर्नुभयो ।
संविधान संशोधन विधेयक निर्णयार्थ पेश भइसकेकाले तत्काल संविधान संशोधनको प्रस्ताव नलगिने अध्यक्ष प्रचण्डले बताउनुभयो ।
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि संविधान संशोधनको प्रस्ताव लगिने भन्ने भनाइप्रति ईङ्गति गर्दै प्रचण्डले भन्नुभयो, भर्खरै संविधान संशोधन विधेयक संसदबाट फेल भएको छ । अब तत्काल संविधान संशोधन हुँदैन । संविधान संशोधन नेपालको आन्तरिक विषय हो । यसबारे अरु कसैसँग कुरा गर्न आवश्यक पनि छैन ।’ अहिले तरिकाले गरिवले चुनाव लड्न नसक्ने अवस्था आएका कारण चुनाव गर्ने गरिका नै वदल्नु पर्ने उहाँको भनाई छ । २००७ साल देखि विभिन्न परिवर्तनहरु हुँदै आएपनि खास राजनीतिक रुपमा परिवर्तन हुँने अन्तिममा चरणमा पुगेको समेत दहालले दावी गर्नुभयो । अवको चुवान भाड्न प्रतिक्रियावादीहरु लागिरहेको समेत दावी गर्नुभयो । परिवर्तनलाई स्वीकार गर्न नसक्नेहरु प्रदेश र केन्द्रको चुनाव हुँन नदिन लागिपरेको समेत उहाँले वताउनुभयो । ६ नम्वर प्रदेश माओवादीको किल्ला भएको उहाँकोदावी छ ।
यसैबीच, माओवादी केन्द्र प्रदेश नम्वर ६ को प्रशिक्षण कार्यक्रम सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ । प्रशिक्षणमा पार्टीका राष्ट्रिय महाधिवेशन आयोजक समितिमा करिब ५०० सदस्य सहभागी भएका छन् ।
प्रशिक्षणमा अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, शक्तिवहादुर बस्नेत, मायाप्रसाद शर्मा, टेकबहादुर बस्नेत, कालिबहादुर मल्ल, महेश्वर गहतराज लगायत सहभागी छन् ।
अडियो र तस्विर उपलव्ध छ ।
हेमन्त के सी रासस सुर्खेत

 





error: Content is protected !!