दैलेखमा ६ घर भत्कियो, १ को मृत्यु, २ घाइते

दैलेख अविरल वर्षाका कारण दैलेखमा बिहीबार राति घर भत्किँदा एक जनाको ज्यान गएको छ भने दुई घाइते भएका छन् ।
दैलेख सदरमुकामको त्रिभुवन मावी अगाडि नारायण नगरपालिकाका रेशम थापाको घर भत्किँदा नारायण नगरपालिका ११ जुफियाकी ४५ वर्षीया दीपा चन्दको मृत्यु भएको हो । यस्तै, नारायण नगरपालिका ११ की ३५ वर्षीया विन्दु शाही र उनकी १२ वर्षीया छोरी मुना शाही घाइते भएका छन् । घाइते दुईको जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यलयको डा अनिल खरेल बताए ।
नारायण नगरपालिका १ को नयाँ बजार आसपासमा रहेका ६ वटा कच्ची घर भत्किएका छन् । यस्तै नारायण नगरपालिका १ का पूर्णबहादुर श्रेष्ठ, ना.न.पा ८ तर्ताङ्गका भक्तबहादुर कार्की, ना.न..पा २ का रेशम थापा, गोपालसिंह थापा, १ की तारा खड्का र २ का खगेन्द्र थापाको घर भत्किएको प्रहरीले जनाएको छ । घर भत्किँदा धनजन क्षति भएको स्थानीय व्यपारी कमला थापाले बताइन् । उनका अनुसार, रातिमा भएको लगातार वर्षात्को कारण सामान ओसार पसार नहुँदा धेरै क्षति भएको थापाले बताइन् ।
घर भत्किँदा भाँडा पसल अटोपार्टस् होटलहरुमा क्षति पुगेको छ । लगातार २ दिनको वर्षाका कारण जिल्लामा धेरैभन्दा भन्दा क्षति हुने सम्भावना रहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप ढकाले बताए










