प्रचण्ड लगायतका माओवादी नेताहरु सुर्खेत आउदै

नेपालगन्ज ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीको कार्यक्रममा भाग लिन नेपालगन्ज हुँदै सुर्खेत जानुभएको छ । काठमाडौंबाट बिहान सौर्यको जहाजबाट नेपालगन्ज विमानस्थलमा ओर्लिनुभएका प्रचण्ड सहितको टिम सिधै सुर्खेततर्फ लागेको हो ।
साथमा नेताहरु रामबहादुर थापा बादल, नारायणकाजि श्रेष्ठ प्रकाश लगायतका नेताहरु रहनुभएको माओवादी केन्द्रकी केन्द्रिय सदस्य कृष्णा केसी नमुनाले जानकारी दिनुभयो । राँझा विमानस्थलमा पुर्व प्रधानमन्त्री समेत भइसक्नुभएका प्रचण्डलाई बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बाढीले पु¥याएको क्षतीको बारेमा ब्रिफिङ गर्नुभएको थियो ।
राँझा विमानस्थलमा माओवादी केन्द्रका सचिवालय सदस्य महेश्वर गहतराज अथक, केन्द्रिय सदस्य नमुना, प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट प्रसाद धिताल, उपाध्यक्ष कृष्ण ओली लगायतले प्रचण्ड सहितका नेताहरुलाई स्वागत गर्नुभएको थियो ।
प्रदेश नम्बर ६ को सुर्खेतको हुन गइरहेको कार्यकर्ता प्रशिक्षण भाग लिन प्रचण्ड सहितका नेताहरु सुर्खेत जानुभएको हो । सुर्खेतमा हुँने कार्यक्रमको तयारीका लागि पुर्व गृहमन्त्री तथा जाजरकोट क्षेत्र नं १ का सांसद शत्तिक्तवहादुर वस्नेत भदौ ८ गते देखि सुर्खेतमा हुनुुहुन्छ ।










