सत्तापक्षकै सांसदको आरोप , भ्रष्टाचारीले देश चुसे, सरकारले आँखामा पट्टी बाँध्यो

काठमाण्डौँ । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले मुलुक माफियाहरुको चंगुलमा फस्दा सरकार टुलुटुलु हेरेर बसेको आरोप लगाएका छन् । संसदमा विशेष समय लिएर बोल्दै गुरुङले नक्कली भ्याटबिल बनाएर उद्योगपतिहरुले ठगिरहेको भन्दै तत्काल यस्ता उद्योगी,व्यापारीलाई कारबाहीको दायरामा ल्याउन उनले माग गरे ।

सांसद गुरुङले एनसेलबाट उठ्नुपर्ने करोडौँ कर नउठाएर सरकारले उल्टै ढाकछोप गर्न लागेको दाबी गरे । उनले भने,‘ एनसेलबाट कर नउठाउने वा एनसेललाई उम्मुक्ति दिन सिंहदरबारमा धेरै चलखेल भयो । सरकारी निकाय जुम्रा किर्ना जस्तै परजीवी भएर कति दिन बस्ने रु’ उनले पनामा पेपर्सले दोषी ठहर्‍याएपछि पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफको पदच्युत भएको तर सोहि काण्डमा मुछिएका १३ जना नेपालीको विषयमा कुनै छानविन नभएकोमा आपत्ति जनाए । उनले भने,‘भ्रष्ट्राचारीले चुसेर मुलुकलाई ख्याउटे बनाउदैछन् । दुनियाँमा मुख देखाउन लाज लाग्ने अवस्था आइसक्यो ।’नेपाल आयल निगमको जग्गा खरिदमा करोडौँ अनियमितता भएको तर सरकारले आँखामा पट्टि बाँधेर बसिरहेको सांसद गुरुङले आरोप लगाए ।

सरकारले बुढी गण्डकी जलविद्युत आयोजना निर्माणका लागि रातारात गेजुवा कम्पनीलाई दिएको र यसप्रति प्रतिपक्षी दल चुप लागेर बस्नु आश्चर्यको विषय भएको बताए । उनले भने,‘प्रतिपक्षी किन चुपरु उल्लिखित घोटाला आफै बोल्छ । कि काले काले मिलेर खाउँ भाले भएको हो रु संसदले दोषीलाई कारबाहीको दायरामा ल्याउन भूमिका खेल्नुपर्‍यो ।’





error: Content is protected !!