जिल्ला समन्वय समितिकाे सभापतीमा माओवादीका रावल

जाजरकोट – जाजरकोट जिल्लाको जिल्ला समन्वय समितिमा कांग्रेसलाई रिजाएर माओवादीले प्रमुखपद आफ्नो हातमा पारेको छ । प्रमुखपद हात पार्नेमा नेकपा माओवादी केन्द्रका नेता मनबहादुर रावल रहेका छन् । रावल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएका हुन् ।
त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका नेता ज्ञानीप्रसाद शर्मा निर्वाचित भएका छन् । भने, खुल्ला सदस्यमा नेपालीका कांग्रेसका कलदर सिंह, तेजविक्रम शाह, नेकपा माओवादी केन्द्रका बीरबहादुर रावत निर्वाचित भएका छन् । त्यस्तै महिला सदस्यमा नेकपा माओवादी केन्द्रका गरिमा शाही, सरस्वती बिष्ट नेपाली कांग्रेसका जनकेरी दमाई र दलित सदस्यमा नेपाली कांग्रेसका जनकबहादुर नेपाली निर्वाचित भएको मुख्य निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ ।
जाजरकोटका ७ वटा स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अपेक्षाकृत नतिजा हाँसिल गर्न नसकेपछि जिल्ला समन्वय समिति गठन गर्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेको थियो । उक्त गठबन्धबाट नेकपा माओवादी केन्द्रका नेता मनबहादुर रावल जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्वाचित भएको मुख्य निर्वाचन कार्यालयका निर्वाचन अधिकृत लिलाराज अधिकारीले जानकारी दिए ।
नेपाली कांग्रेसलाई नेकपा माओवादी केन्द्रले रिजाएपछि माओवादीले प्रमुख पद आफ्नो पोल्टामा पारेका छन् । नेपाली कांग्रेसलाई नेकपा माओवादी केन्द्रले रिजाएपछि जिल्ला समन्वय समितिमा नेकपा एमालले एक्लिएको छ ।
सभापती निर्वाचित भएपछि के भने रावलले ?
जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मनबहादुर रावलले सुशासनयुक्त र भ्रष्टाचारमुक्त जिल्ला निर्माणमा आफुहरुले जोड दिने बताएका छन् । बुधवार सम्पन्न जिल्ला समन्वय समितिको निर्वाचन परिणाम घोषण पश्चात पत्रकारहरुसंग कुराकुनी गर्दै प्रमुख रावलले यस्तो बताएका हुन ।
नेपाली कांग्रेस–नेकपा (माओवादी केन्द्र) बीचको गठबन्धनवाट जिल्ला समन्वय समितिको प्रमुख पदमा बिजय हासिल गरेका मनबहादुर रावलले जाजरकोट जिल्लालाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाएर जिल्लालाई देशकै नमुना जिल्लाका रुपमा प्रस्तुत गर्ने वताएका छन् । लामो समयसम्म जनप्रतिनीधि बिहिन अबस्थामा रहेका स्थानिय निकाय तथा तहवाट प्रवाह हुने सेवामा भैरहेको ढिला–सुस्ती, अपारदर्शीता, स्थानिय तहमा नागरिक पहुँचको जटिलता जस्ता विषयहरुको अन्त्यमा नव निर्वाचित जिल्ला समन्वय समितिले मुख्य रुपमा जोड दिने प्रमुख रावलको भनाई रहेको छ ।










