माओबादि बिघटनको सपना नदेख ।

यो लाखौं परिवर्तनकारि जनताको मुक्तिको मार्ग भइसकेको छ ।अहिले बिभिन्न थरि अनलाइन मिडिया र आफुलाइ अत्यन्तै लोकप्रिय ठान्ने ठुला ठुला मिडियाहरु प्रमुख हेडलाईन माओबादि बिघटनको समाचार छापेर आफ्नो कमाउ धन्दाको ब्यवपार गरिएका छन ।
यो उनिहरुको क्षेणिक प्रचार हो । र ब्यवपार हो । नयाँ नयाँ बिषयमा समाचार छाप्नु र सबैको ध्यान खिच्न खोच्नु पत्रकारका लागि नयाँ होइन । असोभाबिक पनि होइन । किनकि यहाँ फलेको रुखलाइ ढुङ्गा हानिन्छ जहाँ फल झर्ने आसा राखिन्छ ।
आज नेपाली राजनीतिमा पनि नेकपा माओबादी केन्द्र फलेको रुख हो । किनकि यसको पुष्टि माओबादिका अहिलेका परिवर्तनका एजेन्डाहरु हुन
समग्र नेपाली राजनीति यिनै मुर्दा र एजेन्डामा चलिरहेको छ भन्ने कुरा समान्य भन्दा समान्य मानिसलाई थाहा छ । तर हामी कहाँ अहिले यसको फरक ढङ्गमा मुल्यांकन भइरहेको छ। चुनाव कसले जित्यो र जितेन ।चुनाव जित्ने र हार्ने कुरा क्षेणिक कुरा हो । मुख्य कुरा भनेको यसको एजेन्डा लागू भयो कि भएन भन्ने कुरा हो । त्यसले मापन गर्ने कुरा हो । जुन कुरा माओबादिले आफ्नो एजेन्डामा देशको राजनीतिलाई ट्रयाकमा लिएर पुष्टि गरेको छ । यसमा सफल छ । जित उसको हो । माओबादि एजेन्डाको हो । हार र जित प्राबिधिक कुरा हुन केही सिट कम ल्यादैमा हार्ने र बढि ल्याउदैमा जित्ने हुन सक्दैन । हुदैन पनि ।
रहयो कुरा माओबादि बिघटनको ।
सामान्त दलाल र डलर बादि मिडियाहरुले प्रचार गरे जस्तो माओबादि बिघटन हुदैन ।
माओबादि केन्द्रका अध्यक्षले अरु भन्दा भिन्न र फरक नहुने हो माओबादि किन र यसको आवश्यकता किन चाहियो ।
यसका लागि नेपालमा अन्य दलपति काफि छन अरु भन्दा फरक नहुने हो भने ।
किन माओबादि केन्द्र राख्ने यसको बिघटन गरौं ।भनेको कुरालाई लिएर आत्मरति लिनेहरुले प्रचार गरे जस्तो होइन ।
यो त माओबादिलााइ साच्चिकै जनताको माओबादि र क्रान्तिकारी माओबादि बनाउनका निम्ति चिन्ता र चासो साथ भनिएको हो ।
माओबादि केन्द्रलाई थप जनताप्रति उत्तरदायी बनाउन भनिएको हो ।
न कि यथास्थितिवादी दलाल र सामान्तबादि खुसी बनाउन भनिएको होइन ।
माओबादि केन्द्र यसकारण बिघटन होइन । झन ससक्त हुन्छ ।
माओबादि हजारौं सहिदहरुको बलिदानबाट स्थापना भएको हो ।
हजारौं घाइते र अपांगहरुको त्याग र समर्पण हो लाखौं परिवर्तनकारि जनताको आसाको धरोहर हो ।
दलित जनजाति महिला मदेसि र उत्पपिडितहरुको मुक्तिको मार्ग हो आस्थाको केन्द्र हो । सामान्त दलाल र सासकहरुबाट दमनमा पारिएकाहरुका उत्पिडितहरुका लागि माओबादि बिचारधारा अग्रगामी छलाङ हो र राजमार्ग हो ।
जसले समाबेसिता र सहभागीता मुलुक तरिकाले सबैको प्रतिनिधित्व र सहभागिता सुनिश्चित गरेको छ। जुन काम उत्पिडितहरुले गर्व गर्ने कार्य हो ।
परिवर्तन चाहाने र अग्रगमन पक्षधरको प्रेरणाको स्रोत हो । माओबादि केन्द्र ।
सामान्त दलाल र शोषकहरुको बर्बादि हो ।
नयाँ राजनैनिक मार्गको सम्बाहक हो।
सँगिय लोकतान्त्रिक गणतन्त्रको प्रस्तावक
सँगियता , धर्म निपेक्क्षता , राज्यको पुनरसँरचना , समाबेसिता र सहभागीता मार्फत गरिब दुखि र उत्पिडित जनतालाइ राज्यको अपनत्व दिलाउने जनताको अधिकार स्थापनाका लागि जीवनलाई हत्केलामा राखेर मृत्यु सँग सँघर्ष गरेर आएका फरक धातुले बनेका मान्छेहरुले बनेको सँगठन हो ।
माओबादि पाटि ।
यसको बिघटनको सपना नदेख । यो लाखौं परिवर्तनकारि जनताको मुक्ति मार्ग भइसक्यो ।
माओबादि आन्दोलन राजमार्गमा गुडिरहेको यात्रुबाहक बस हो यसबाट दुई चार जना यात्रुहरू झर्दैमा बस रोकिदेैन यो निरन्तर आफ्नो गन्तव्यमा पुगि छाड्छ ।
निराश हुने कसलाई छुट छैन किनकि हाम्रा पछाडि हजारौं सहिद, घाइते ,बेपत्ता , अपांग र लाखौं परिवर्तनकारि जनता साथमा छन ।
प्रकाश कुमार सिँह
माओबादि केन्द्र पुर्ब जिल्ला समिति जाजरकोट









