जनप्रतिनीधिहरु छाउपडी विरुद्ध जागा हुँने

हेमन्त के सी ,काशीराम न्यौपाने
जाजरकोट , जुनीचाँदे गाउँपालिका वडा ४ की ९ कक्षामा अध्ययनरत राधिका खड्का महिनाबारी हुँदा छाउगोठमा बस्नु जेल बस्नुजस्तै लागेपनि गोठमा जानु उनको वाध्यता हो उनी विद्यालयमा शिक्षकहरुले महिनाबारी भएको बेला सरसफाइमा विशेष ध्यान दिनुपर्छ । आराम गर्नुपर्छ । छाउ बार्न छुट्टै गोठमा जानुपर्दैन । यो प्राकृतिक र जैविक प्रक्रिया हो भनेको कानथापी सुनेपनि आफ्नो जीवन व्यावहारमा लागु गर्न नसकेको वताउछिन् । सर र बाआमाको कुरा कत्तै काँही मिल्दैन उनले भनिन । वावावा आमाले देउता रिसाउँछन् भनेर हाम्रो कुरा कसैले सुन्दैनन् । गाउँमा गएर हामीलाई पढाउन सरहरू समेत बोल्न सक्नुहुन्न ।’
महिनाबारीको ७ र सुत्केरीको १८ दिन महिलाले अरूलाई, घरको जग तथा भित्ता समेत छुन नपाउँदा सारै समस्या हुने गरेको उनको भनाई छ । शुद्ध नुहँदा सम्म उनीहरूलाई दूध,दही र घ्यू समेत खान दिइन्न ।
सोही ठाउँकी लुहादहकी १६ वर्षीया पार्वती खड्का पहिलोपटक महिनाबारी हुँदा सात दिन सम्म छाउगोठमा एक्लै बस्न बाध्य भएको वताईन् । आदर्श माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययनरत उनले महिनाबारी हुँदा छाउगोठमा नबस्ने सोच वनाएको वताईन् । तर घरपरिवार र समाजका अगाडि उनको योजना सफल हुँन सकेन । उनीहरु जस्तै जुनीचाँदे गाउँपालिकाका सबै किशोरी र महिला छाउ गोठमा जीवन हत्केला राख्दै कुसंस्कारको सिकार वन्दै आएका छन् । लुहादहगाउँका ६६ घरपरिवारका महिला महिनाबारी र सुत्केरी हुँदा छाउगोठमा बस्न बाध्य छन् । उनीहरूलाई महिनाबारी हुँदा ७ दिन र सुत्केरी हुँदा २५ दिन छाउगोठमा बस्नुपर्ने बाध्यता छ । महिनाबारी र सुत्केरी भएर शुद्ध नुहँदा सम्म दूध समेत खान दिइँदैन महिलालाई ।
महिनाबारीको ७ दिन र सुत्केरी भएको २५ दिन नबित्दा सम्म महिलाले अरूलाई छुन र घरको जग तथा भित्ता समेत छुन पाउँदैनन् ।
सशस्त्र द्वन्द्वमा समेत छाउप्रथा हटाउन नसकिएको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताए । ‘गाउँका महिला युद्धमा होमिन तयार भए तर छाउपडी हटाउन तयार भएनन् । युवापुस्ताले छाउ हटाउन खोजे पनि वृद्धवृद्धाले मान्दैनन् ।’ अव हामी विशेष कार्यक्रम वनाएर यो कु संस्कारको विरुद्धमा अभियान सञ्चालन गछौँ । सचेतहरु समाजको अगाडी खुल्नु पर्ने र अज्ञानीलाई ज्ञान दिनुपर्ने मुख्य विषय वस्तु भएको के सीको भनाई छ । हामी सवै जनप्रतिनीधिहरु आ आफ्नो ठाउँमा सक्रिय भई छिटै अभियान चलाएर यो संस्कार वदल्ने कार्यमा जागा हुँने उनले वताए ।

 





error: Content is protected !!