पहिराले घर भत्किँदा एकै घरका तिन हराए , पाँच घाईते

रत्न कार्की , कालिकोट जिल्लाको शान्नित्रिर्बेणी गाउँपालिका ६ मा आइतबार राति १२ बजे गएको पहीरोले घर पुरिँदा तिनजना बालबालीका घरभित्रै पुरीएका छन । पहिरोमा परि तीन जना हराएका छन् भने पाँच जना घाईते भएका छन । गाउँपालिकाको पोरिबन भन्ने स्थानमा रहेको बुध सार्कीको घर माथिबाट पहीरोसंगै खसेको ढुंगाले घर च्यापिँदा घर भत्केपछि घरभित्र सुतेका तिन बालबालिका घरभित्रै पहिरोमा पुरिएका छन् । घर भत्किएपछि तीन बालबालिका हराएका छन् भने घरभित्रै सुतिरहेका पाच जना घाइते भएका छन् ।
बेपत्ता हुनेमा बुधे सार्कीका वर्ष ८ का छोरा लंक सार्की, वर्ष १० की छोरी ललिता सार्की, र वर्ष ५ की कल्पना सार्की रहेका छन । उनीहरु पहिरोसंग खसेको ढुलो ढुंंगा घर रहेकै ठाउँमा रोकिएकाले ढुंगा हटाउदा तल रहेका अन्य घरहरु जोखिममा पर्ने भएकाले उद्धारको कार्य हुन नसकेको पोदमारा प्रहरी चौकीले जनाएको छ । घटनामा परि गम्भिर घाइेत घरधनी ४२ वर्षीय बुधे सार्की, वर्ष ३५ की बेलु सार्कीलाई उपचारका लागी जिल्ला अस्पताल ल्याइँदै छ ।
त्यस्तै पहिरोमा परी सामान्य घाइते भएका वर्ष १५ की रंगिता सार्की, वर्ष १४ की अस्मिता सार्की, र वर्ष १२ का सर्मिला सार्कीको स्थानीय मेडिकलमा उपचार गरिएको प्रहरीले जनाएको छ । घटना स्थलमा थप जिल्ला सदरमुकाम बाट प्रहरी पठाइएको छ










