उत्तर कोरियाको आक्रमणबाट बच्न यस्तो रहेछ अमेरिकी तयारी


अमेरिकाले आफ्नो विवादित मिसाइल प्रतिरोधी प्रणाली सफलतापूर्वक परीक्षण गरेको छ । अमेरिकाले कोरिया प्रायद्वीपमा बम खसाल्ने लडाकु विमान बी–१ ले पनि उडान भरेको जनाएको छ।
अमेरिकाको यो सैन्य अभ्यास उत्तर कोरियाको मिसाइल परीक्षणमाथिको सिधा उत्तरका रुपमा हेरिएको छ । अमेरिकी वायुसेनाको तर्फबाट फायर मिसाइललाई अलास्काको टर्मिनल हाई एटिच्युड एरिया डिफेन्स (थाड) को युनिटले रोक्ने काम गरेको छ ।
दक्षिण कोरिया र जापानी विमानका साथ मिलेर अमेरिकाले बम खसाल्ने लडाकु विमान बी–१ का साथ अभ्यास गरेको हो ।
उत्तर कोरियाले शुक्रबार अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल परिक्षण गरेको थियो । जसमा उक्त मिसाइलले पुरै अमेरिकालाई ध्वस्त पार्न सक्ने दावी गरिएको थियो ।

उत्तर कोरियाले यसलाई ठिक तीन साताअघि मात्रै पहिलोपटक परिक्षण गरेको थियो । चीनको विरोधका बावजुद अमेरिकी सेनाले दक्षिण कोरियामा मिसाइल डिफेन्स प्रणाली थाड तैनाथ गरेको थियो । यसको उद्देश्य उत्तर कोरियाले फायर गर्ने कुनै पनि मिसाइललाई नष्ट गर्नु हो ।
अमेरिकी राष्ट्रपति डोनाल्गड ट्रम्पले शनिबार उत्तर कोरियाको मिसाइल परिक्षणप्रति मुकदर्शक बनेको भन्दै चीनको आलोचना गरेका थिए ।
ट्रम्पले आफ्नो ट्वीटमा भनेका थिए–म चीनबाट निराश छु । विगतमा हाम्रा मुर्ख नेताहरुका कारणच चीनले हामीबाट ब्यापारको माध्यमबाट अर्बौ रुपैयाँ कमायो । यसका बावजुद उनीहरु उत्तर कोरियाको हतियार कार्यक्रमप्रति चुप रहे । म अगामी दिनमा यस्तो विल्कुल हुन दिनेछैन ।

पूर्व कुटनीतिज्ञ तथा चीन सरकारका सल्लाहकार भिक्टर गाओले भने–ट्रम्पको यस्तो अभिव्यक्ति निरर्थक छ । अमेरिकी हर्कत एउटा सानो बच्चाको जस्तै हो ।
चीन र उत्तर कोरियाको सीमा जोडिएको छ । दुवै देशबीच आर्थिक सम्बन्ध पनि छ । पूर्वमा चीनले उत्तर कोरियाको मिसाइल परिक्षणको निन्दा गर्दै संयमता अपनाउन आग्रह गरेको थियो ।
यस्तो अवस्थामा अमेरिकाले गरेको सैन्य अभ्यासलाई उत्तर कोरियाले गरेको मिसाइल परिक्ष्पणको जवाफका रुपमा हेरिएको छ।
के हो थाड ?
यो प्रणाली मध्यम रेन्जको ब्यालेस्टिक मिसाइललाई उडानको सुरुवाती क्रममै खसाल्न सक्षम छ ।
यसको टेक्नोलजी हिट टु किल हो अर्थात कसैले प्रहार गरेको हतियारलाई रोक्ने मात्र होइन नष्ट गरिदिने प्रणाली हो ।
यो २०० किलोमिटर टाढासम्म र १५० किलोमिटर उचाईसम्म मार गर्न सक्षम छ।
उत्तर कोरियाको आक्रमणबाट बचाउन भन्दै अमेरिकाले यसअघि गुवाम र हैटीमा पनि यस तैनाथ गरेको छ । बीबीसी हिन्दीबाट










