प्रचार प्रसार अभाव हुदा च्याछहरा झरना अझेलमा

हुम्ला । नाम्खा गाँउपालिका च्यादुकमा पर्ने च्याछहरा झरना प्रचार प्रसार नहुदा ओझेलमा परेको छ । पर्यटकिय सम्भावना रहेको नाम्खा गाँउपालिका च्याछहरा झरना हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटक सिमकोट हुदै हेलिकप्टरबाट हिल्सा हुदै मानसरोवर दर्शन गर्ने जाने भएकोले ओझेलमा परेको हो ।
हेलिकप्टर नहुदा आन्तरिक तथा बाह्य पर्यटकहरु हिडेर जाने र च्याछहरा झरना दर्शन गर्ने आउने बाटो धेरै पर्यटक भेटिदै आएको र यो वर्षबाट हिडेर जाने पर्यटक नभेटिने गरेको स्थानीय बासिन्दा रिकजिन लामाले गुनासो गरे ।
सुरुमा यो बाटो हुदै च्याछहरा झरना हेर्नेकै लागी पर्यटकहरु धेरै आउने गर्थे यो वर्ष बाटो मानिस पनि नभेटिने गरेको लामालले बताएका छन । आजभोली हिडेर जाने पर्यटकहरु नहुदा झरना सँगै बाटो होटेल व्यवसाय गदै आएका व्यवसाय पनि सुक्दै गएको लामाले बताए ।
अबको केही वर्ष पछि नाम्खा गाँउपालिकामा पर्ने पर्यटकीय सम्भावनालाई प्रचार प्रसार गरी यी झरना लगायतक विभिन्न सम्भावना रहेको पर्यटकीय स्थलको जर्गेना गर्ने र आन्तरिक तथा बाह्य पर्यटकहरुलाई हिडेर जाने व्यवस्था मिलाउने नाम्खा गाँउपालिका अध्यक्ष विष्णु लामाले बताएका छन ।
नाम्खा गाँउपालिकालाई हुम्ला जिल्लाकै नमुना गाँउपालिका बनाउने लक्ष्य रहेको र पर्यटकीय सम्भावना नाम्खा गाँउपालिका प्रचुर सम्भावना हुदा नमुना गाँउपालिका बनाउनेमा जोड दिएका छन । नाम्खा गाँउपालिकालाई प्रचार प्रसार गर्ने हो भने जिल्लाकै नमुना गाँउपालिका बनाउने सकिने धेरै सम्भावना हुदा पनि अहिले सम्म पर्यटकीय सम्भावना रहेको नाम्खा गाँउपालिका ओझेलमा परेको छ । कैलाश मानसरोवर दर्शन गर्ने आउने पर्यटकहरु हेलिकप्टरमा जाने गरेकोले च्याछहरा झरना ओझेलमा परेको हो ।
क्याप्सनः च्याछहरा झरना तस्बिर
फोटोः नरजन तामाङ










