पारिवारिक झगडाका कारण तीन वच्चा छोडी नदिमा हाम फालेपछि

जाजरकोट । तीन वटा दुधे वच्चा छोडेर नदिमा हाम फाल्दा एक जनाको मृत्यू भएको छ । ईलाका प्रहरी कार्यालय दल्ली जाजरकोटले दिएको जानकारी अनुसार रुकुम आठविसकोट नगरपालिका वडा ९ राडीकी कृष्ण शाहीले शनिवार वेलुका भेरी नदिमा हाम फाल्दा मृत्यू भएको हो ।

नदिमा हाम फालेकी शाहीको ढुङगामा परेर टाउकोमा गम्भिर चोट लागेर अचेत भएको अवस्थामा राडी स्थित श्रीनगर मेडिकलमा उपचारकै क्रम्म मृत्यू भएको सही राजनकुमार मल्लले जानकारी दिनुभयो । श्रीमान् संगको सामान्य विवाद भएको प्रहरीले वताएको छ । श्रीमान् कर्णवहादुर शाही ले दुई श्रीमती विवाह गरेका र मृतक कान्छी श्रीमती भएको प्रहरीको भनाई छ ।

मृतकका २ महिनाका दुई छोरी र एक छोरा रहेका छन् । मृतकको लास पोष्टमाटमका लागि त्रिवेणी नलगाड नगरपालिका वडा ७ स्थित दल्ली स्वास्थ्य संस्थामा ल्याईएको छ ।
हेमन्त के सी रासस




सम्बन्धित समाचार


error: Content is protected !!