फेरी काठमाण्डौ आउदै भारतिय प्रधानमन्त्री मोदी

काठमाण्डौ– नेपाल–भारत लगानी सम्मेलन आयोजना गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले भारत उद्योग परिसंघ सिआइआई संगको सहकार्यमा काठमाण्डौमा लगानी सम्मेलन गर्ने भएको हो ।
नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको महासंघकी अध्यक्ष भवानी राणाले बताईन । सम्मेलन सेप्टेम्बरको पहिलो साता आयोजना गरीने तयारी छ ।
काठमाण्डौमा हुने सम्मेलनमा नेपाल र भारतका उद्योगी व्यवसायीको सहभागिता रहने राणाले जानकारी दिईन ।
सम्मेलनमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी आउने निश्चित भइसकेको छ । अगस्टमा गर्ने भनिएको कार्यक्रममा मोदीकै समयतालिकालाई मध्यनजर गरेर सेप्टेम्वरमा सारीएको पनि राणाले बताइन ।
सम्मेलनले नेपाल भारतीवचको आर्थीक सम्वन्धलाई थप बलियो बनाउन मद्दत पुग्ने विश्वास महासंघले लिएको छ ।










