तीनसय शैयाको अस्पतालको निर्माण कार्य अन्तिम चरणमा

जुम्ला । हिमाली क्षेत्रको गौरवको आयोजनाका रुपमा मानिने तीन सय शैयाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको अस्पताल भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
शर्मा प्रेरा रसुवा ज्वाईन्ट भेन्चुरले गत ०७२ साल असार १२ गतेबाट निर्माण कार्य सुरु गरेको थियो । कम्पनीले जाडो सिजनलाई पनि अनुकूलित बनाउँदै निर्माण कार्यलाई तीव्रता दिदै आएको छ । मूल्य अभिवृद्धि कर सहित रु.७६ करोडमा निर्मार्णाधिन भवनको निर्माण कार्य प्रगति ७५–८० प्रतिशत भएको कम्पनीका ईञ्जिनियर दिनेश भण्डारीले जानकारी दिनुभयो ।
“यो तीन सय शैयाको भवन पश्चिम नेपालको चिकित्सा जगतमा आधुनिक, पहिलो र ठूलो अस्पताल हो,” दावी गर्दै ईञ्जिनियर भण्डारीले भन्नुभयो । कम्पनीले तोकिएको मिति भन्दा अगावै कार्य सम्पन्नगरी हस्तान्तरण गर्ने लक्ष्य राखेको उहाँको भनाई छ । यो भवनको शिलन्यास तत्कालिन् स्वास्थ्यमन्त्री खगराज अधिकारीले गर्नुभएको थियो ।
निर्माण कार्य जिम्मा लिएको कम्पनीले छोटो अवधिमा ठूलो र गुणस्तरीय भवन निर्माण गरेको देख्दा यहाँका नागरिकहरु अचम्मित छन् । अहिलेसम्म बनेका भौतिक संरचनामा निर्माण कार्य यति गुणस्तर र गतिशिल आफूले नदेखेको स्थानीय नारायण चौलागाई बताउनुहुन्छ । उहाँले भन्नुभयो, “म आपूm पनि प्राविधिक क्षेत्रको कर्मचारी हुँ । मैले दुई वर्षदेखि अस्पताल भवनको काम र गुणस्तर नजिकबाट नियाल्दै जाँदा निरन्तर लागे सकिदो रहेछ भन्ने अनुभूति गरे ।” उहाँका अनुसार यो कामले जुम्लाका निर्माण व्यवसायीहरुलाई मार्गनिर्देशन गरेको छ ।
रजिष्ट्रार विश्वराज काफ्लेले अस्पताल भवन निर्माण पश्चात् पिछडिएका क्षेत्रका नागरिकले छिटो छरितो, व्यवस्थित र अत्याधधुनिक सेवा प्राप्त गर्ने बताउनुभयो । “अब १५ सय रोपनी जग्गा प्रतिष्ठानका नाममा हुने बित्तिकै शैक्षिक कार्यक्रम सञ्चालन र आवासका लागि संरचना निर्माण कार्य थालनी हुनेछ,” रजिष्ट्रार काफ्लेले भन्नुभयो ।
चार वर्षदेखि प्रवीणता प्रमाण पत्र तह सञ्चालन गरेको प्रतिष्ठानले अब चालु आ.व.को मंसिरभित्रै मिडवाईफेरी सञ्चालन उहाँले बताउनुभयो । उहाँका अनुसार वि.पी.एच.तहका लागि कार्यदल गठन र निकट भविश्यमा एमविविएस तह सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।
प्रशासकीय अधिकृत द्धन्द्धबहादुर शाहीले तीन सय शैयाको अस्पताल संरचना बनेमा नागरिकलाई गुणस्तरीय, चुस्त, स्वास्थ्य सेवा दिन कुनै कमि नहुने बताउनुभयो । उहाँका अनुसार प्रतिष्ठानमा १६ विशेषज्ञ चिकित्सक, २४ मेडिकल अधिृकतसहित जम्मा ११७ जना कर्मचारीहरु कार्यरत छन् ।
प्रतिष्ठान स्थापनाले दुर्गमको मानकलाई तोड्दै हाडजोर्निी एनेस्थेसिया, मेडिसिन सर्जन, एमडिजिपी, स्त्रीरोग विशेषज्ञ तथा बालरोग विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । त्यसमा झनै थप यसले मुगु, डोल्पा र सुर्खेतलाई समेत चिकित्सक उपलब्ध गराएको छ ।
प्रतिष्ठानको स्थापना पहल समिति संयोजक नरेश भण्डारीले प्रतिष्ठानको संरचना निर्माणले कर्णालीबासीको स्वास्थ्य क्षेत्रमा नयाँ युगको सुरुवात भएको बताउनुभयो । ५ नं. प्रदेशलाई मात्रै नभई नेपालको गुणस्तरीय स्वास्थ्य सेवा कम हुन नदिन प्रतिष्ठानको महत्वपूर्ण भूमिका हुनेछ यद्यपि यसको विकासमा राज्य जिम्मेवार र गम्भीर भएर लाग्नुपर्छ, उहाँले भन्नुभयो ।
उहाँले अव प्रतिष्ठानलाई केन्द्रविन्दुमा राखी हुम्ला डोल्पा, जाजरकोट, अछाम, बाजुरा र बझाङ जोड्ने सडक निर्माणमा प्रथामिकता दिनुपर्ने बताउनुभयो । उहाँका अनुसार यो संरचना निर्माणबाट अब बझाङ, बाजुरा, अछाम, जाजरकोट, हुम्ला मुगु डोल्पा, कालिकोट र जुम्ला लाभान्वित हुनेछन् । पूर्व सभासद समेत हुनु भएका भण्डारीको पहलमा २०६८ सालमा संसदमा ऐन दर्ता भई २०६९ सालमा जुम्लामा प्रतिष्ठानको विधिवत स्थापना भएको थियो । शुरबहादुर सिंह÷रासस
क्याप्सन ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको तीन सय शैयाको निर्माण सम्पन्नोन्मुख भवन । तस्विर ः शुरबहादुर सिंह जुम्ला ।

 




सम्बन्धित समाचार


error: Content is protected !!