भिरमा लड्दै गरेको संरक्षित वन्यजन्तु घोरलको जिवितै उद्दार

डोल्पा  ,यहाँका  एक ब्यक्तिले संरक्षित बन्यजन्तु घोरलको जिवितै उद्दार गरेकाछन् । शे(फोक्सुन्डो राष्ट्रिय निकुञ्ज अन्तरगत त्रिपुरा सुन्दरी नगरपालिका वडा नं २ मा पर्ने रातो भिरबाटसंरक्षित बन्यजन्तु घोरलको जिवितै उद्दार गरिएको छ ।
त्रिपुरा सुन्दरी नगरपालिका स्थित वडा नं १ बस्ने भानुचन्द्र उपाध्यायले एकल प्रयासमा जिवितै उद्दार गर्नुभएको हो ।उहाँका अनुसार सदरमुकाम दुनैबाट फर्किदै गर्दा बेलुकी पख दुईवटा लामपुच्छ्रे नामका बन्यजन्तुले लखेटेर भिरमा हालेपछि घोरलको पाठो लड्दै आएर ठुलीभेरीको नदीको छेउमै पर्यो,मैले देखिसकेपछि पानीको तलाउबाट निकाले,घोरल अचेत अवस्थामा थियो,घोरलको नाखबाट रगत बगेको थियो मैले त्सयसलाई सामान्य उपचार गरिसके पछि ठिक भयो अहिले एकदमै चलाख छ,निकुञ्जमा गएर बुझाउँछु ।उहाँले भन्नुभयो अपराधिक मनोबृती भएका मान्छेहरुका बिच एक उदाहरणका रुपमा देखाउने छु उहाँले भन्नुभयो ।
उक्त घोरलको बच्चा ६ महिना जतिकोहुन सक्ने बताईएको छ ।
शे(फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा हिउँ चितुवा,नावर,घोरल,डाँफे,हिमालीभालु जस्ता दुर्लभ वन्यजन्तुहरु पाईन्छन् ।रामचन्द्र न्यौपाने





error: Content is protected !!