पहिलो वैठकको भत्ता विरामीलाई सहयोग

जाजरकोट । यहाँको त्रिवेणी नलगाड नगरपालिका जाजरकोटका जनप्रतीनिधीले पहिलो वैठकको भत्ता विरामीलाई दिने निर्णय गरेका छन् । नगरपालिकाका ७१ जना जनप्रतीनिधीले सामुयिक रुपमा भत्ता विरामीलाई उपचारका लागि दिने निर्णय गरेको नगरपालिकाका मेयर टेकवहादुर रावलले जानकारी दिए ।

आर्थिक अवस्था कम्जोर भएका यस नगरपालिका वडा १३ का आकाश भण्डारी जीवन र मृत्यूको विचमा अस्पतालको शैयावाट अर्काको घरमा वसेको थाह पाएपछि यस्तो निर्णय गरिएको मेयर रावलले वताए । विरामी भण्डारी नेपालगन्जमा अर्थभाव हुँदा अर्काको घरमा मृत्यू संग जुझ्दै वसीरहेको राववले वताउनुभयो । यत्ता घरमा आफ्नो जमिन नभएर अर्काको घरमा वस्दै आएको पिडित वालकका वावु वलवहादुर भण्डरीले वताए ।

विभिन्न सामाजिक कार्य गदै आएको यस नपाले पछेल्लो निर्णय साचिक्कै प्रसंसा गर्न योग्य भएको नागरिक अगुवा दीपवहादुर सुनारले वताए । प्रति वैठकको भत्ता ५ सय ९५ रुपैया हुँने गर्दछ ।

 





error: Content is protected !!