त्रिवेणी नलगाड नपाको यस्तो निर्णय प्रतिघर १० विरुवा , सुत्केरी भत्ता दोव्वर

जाजरकोट । यहाँका प्रत्यक नगरपालिकाका स्थानीय वासीन्दाले १० विरुवा लगाउनु पर्ने निर्णय गरेको छ । नगरपालिकाका जंगलहरु नाँगा भएपछि त्रिवेणी नलगाड नगरपालिकाले यस्तो निर्णय गरेको मेयर टेकवहादुर रावलले वताए । सामुदायिक वन समुह र स्थानीय सरकारको समन्वयमा यो कार्यक्रम प्रभावकारी तरिकाले हुँने मेयर रावलले वताए ।
५ वर्ष भित्र यहाँका सवै डाडाँ,काँडाहरु हरिया वनाउने नीति लिईएको छ । नपा भित्र रहेका सवैठाउँमा रहेका विद्यालयको स्तर उन्नती गरि स्थानीय भाषाको संरक्षण गर्ने , सवै वडामा सुद्ध खानेपानी , स्वारोजार कोषको स्थापना, गाउँ गाउँमा सडक लिएर आर्यआर्जनमा गति लिने निर्णय गरिएको छ । उज्यालो अभियानलाई सफल वनाउन स्थानीय स्तरमा उत्पादन गरिएका विद्युत योननाहरु ससम्पन्न गरि घर घरमा उज्यालो पुर्याईने लक्ष्य लिईएको छ । एक घर एक उत्पादन नारालाई सार्थक वनाउन अभियान थालिने निर्णय समेत भएको छ । वालविवाह न्यूनिकरणका लागि विशेष कार्यक्रम गरि वालमृत्यू दर घटाईनेका साथै सुत्केरी भत्ता दोव्वर वनाएको छ । सार्वजानिक रुपमा सुर्तीजन्य पर्दाथ सेवन गरेमा कारवाही गरिने मेयर रावलले वताए । वालवालिकालाई सुर्तीजन्य पर्दाथ वसार पसार गरेको पाईएमा कडा कारवाही गरिने उनले वताए ।
नगरपालिकालाई फोहोर हुँन नदिन सार्वजानिक स्थलमा फोहोर फाल्न खाल्डोको व्यवस्था गर्ने उनले वताए । यो अभियानलाई सफल वनाउन यहाँका सवै सरोकारवाला निकायलाई अनुरोध गरिएको छ । अव मेयरको सपना नभएर सवैको साझा सपना भएकोले सवैले आत्म साथ गर्न आग्रह गरिएको छ । ३४ करोड वरावरको वजेट विनियोजन गदै नगर परिषद् सम्पन्न भएको छ ।










