कुशे गाँउपालीका द्धारा वृहत सरसफाई अभियान संचालन , कुचो समाएर फोहर टिप्दै गाँउपालीका अध्यक्ष

दिपेन्द्र शर्मा ,जाजरकोट । जाजरकोटको कुशे गाँउपालीका लाई सफा,स्वच्छ र पुर्णसरसफाईयुक्त गाँउपालीका वनाउन वृहत सरसफाई अभियान संचालन गरिएको छ । सफा र स्वच्छ गाँउपालीका घोषणा गर्न वृहत सरसफाई अभियान संचालन गरिएको हो । गाँउपालीकाका विभिन्न वडामा भएको फोहर लाई ब्यवस्थापन गरि गाँउपालीका वासीलाई स्वस्थ्य वनाउन कुशे गाँउपालीकाले दैनिकरुपमा सरसफाई गर्न गाँउपालीका स्तरिय वृहत सरसफाई अभियान थालेको छ । गाँउपालीकाका अध्यक्ष हरिचन्द्र वस्नेतको नेतृत्वमा विहिवार गाँउपालीकाको केन्द्र वाटुले वजार वाट सरसफाई अभियानको शुरुवात गरिएको छ ।
सरसफाई अभियानको उदघाटन कार्यक्रममा वोल्दै कुशे गाँउपालीकाका अध्यक्ष हरिचन्द्र वस्नेतले सफा र सुन्दर गाँउपालीका वनाउनका लागी घर आगन र सार्वजनिक स्थान भएको फोहर लाई उचित ब्यवस्थापन गर्न र जथाभावी फोहोर नफाल्न वजार वासीलाई आग्रह गरे । सवै भन्दा पहिला नागरिकको स्वास्थ्य ठिक हुनु पर्ने भन्दै अध्यक्ष वस्नेतले सरसफाईमा ध्यान दिनु पर्ने वताउनुभयो । “आजै देखि सवै वडाका जन प्रतिनिहरु तथा कर्मचारीले आफनो वडामा पहिलो काम भनेको स्वास्थ्य र सरसफाई वनाउन आग्रह गर्दछु, हामी सवै मिलेर गाँउपालीका लाई सफा र स्वस्थ्य गाँउपालीका वनाऔ” उहाँले भन्नुभयो । विगतमा सरसफाइमा ध्यान नदिदा सयौ नागरिकले ज्यान गुमाउनु परेको स्मरण गर्दै अध्यक्ष वस्नेतले सवै नागरिकले अभियान लाई सार्थक वनाउनु पर्ने वताउनुभयो । गाँउपालीका लाई पुर्णसरसफाईयुक्त गाँउपालीका वनाउन योजना तर्जुमा तथा ब्यवस्थापन,चर्पीको समुचित प्रयोग, ब्यक्तिगत सरसफाई,सुरक्षित पानीको पहुच तथा प्रयोग,सुरक्षित खानाको प्रयोग, घरायसी तथा संस्थागत सरसफाई र वातावरणीय सरसफाईमा सवैले विशेष ध्यान दिनु पर्ने अध्यक्ष वस्नेतको भनाई छ ।
गाँउपालीकाको केन्द्र वाट शुरु गरिएको अभियान सवै वडाहरुमा नियमित संचालन हुने गाँउपालीकाका कार्यकारी अधिकृत थानेश्वर भण्डारीले जानकारी दिनुभयो । गाँउपालीका अध्यक्ष , उपाध्यक्ष ,सवै वडाका वडा अध्यक्षहरु तथा कर्मचारीहरु हातमा कुचो समातेर फोहरहरु टिप्दै वजार सरसफाईमा लागेपछि स्थानीयहरु पनि स्वत स्र्फुत रुपमा सरसफाई अभियानमा सहभागी हुने गरेको कार्यकारी अधिकृत भण्डारीले वताए । सरसफाईको क्षेत्रमा गाँउपालीका लाई नेपालकै नमुना गाँउपालीका वनाउने गरि कार्ययोजना निमार्ण गरेको भण्डारीले वताए ।
वृहत सरसफाई अभियानमा गाँउपालीकाका उपाध्यक्ष रामछाया शाही , गाँउपालीकाका कार्यकारी अधिकृत थानेश्वर भण्डारी ,नौ वटै वडाका वडा अध्यक्ष तथा सदस्यहरु, नागरिक अगुवा, पत्रकार ,शिक्षक, विद्यार्थी,ब्यपारी,स्थानीय राजनैतिक दलका प्रतिनिधीहरु विषयगत कार्यालयका प्रतिनिधिहरु,प्रहरी,वडा सचिवहरु, लगाएतका सहभागीता रहेको थियो ।










