५ वर्ष भित्रै प्रत्येक वडा गाडी गुडाउने लक्ष्य नाम्खा गाँउपालिका जिल्लाकै नमुना बनाउने ःअध्यक्ष लामा

नरजन तामाङ
हुम्ला साउन ६। जिल्लाकै नमुना गाँउपालिका बनाउने नाम्खा गाँपालिका अध्यक्ष बिष्णु लामाले बताएका छन । प्रथम गाँउ सभा उद्घाटन तथा घोषणा सभामा बोल्दै अध्यक्ष लामाले यस्तो बताएका हुन ।
नाम्खा गाँउपालिका अन्तरगत पर्ने दुरदराजका बस्तीहरुमा शिक्षा स्वास्थ्य सडकलाई मुख्य प्रथामिता दिने नाम्खाका केही क्षेत्रहरुमा पशुपालनको पकेट क्षेत्रको घोषणा गरी गाई, चौरी, च्याग्रा, जुमा व्यवसायी गरेर दुग्र्ध जन्य बस्तुको उत्पादनमा जोड दिने भएको छ ।
लिमी लगायतको सम्भावना रहेका बस्तीहरुमा ध्यू,छुर्पी चिज उत्पादनको लागी उद्योग खोल्ने र आम्दानीमा श्रोत बढाउने बताए ।
छिमेकी चिनसँग जोडिएको गाँउपालिका भएकोले चिनसँग मित्रता कायम गरी आपसी सल्लहा सहयोग समन्वय गर्ने मुख्य पहल रहेने बताए ।
पर्यटकिय गन्तव्य रहेको मानसरोवर कैलाश दर्शन गर्ने आउने आन्तरिक पर्यटकहलाई सहज वातावरण सिर्जना सम्बन्धि निकायलाई अनुरोध गर्ने र पर्यटकहरुको सहजको लागी बाटोहरुमा होम स्टे« स्थापना आन्तरिक पर्यटकहरुलाई सहज वातावरण बनाउने अध्यक्ष लामाले बताए ।
नेपाल सरकारको लगानी निर्माण भएका विद्यालय स्वास्थ्यचौकी लगायत छन । जहाँ कर्मचारी नबस्ने परिपाटीलाई छ यस्तो परिपाटीलाई सुधार्ने नियमित कर्मचारी बसाल्ने जनतालाई नजिकबाट सेवा प्रवाह गर्ने उहाँको भनाई रहेको छ ।
सडक सञ्जालले नाम्खा गाँउपालिकामा जोडिसकेको भएपनि सडक विस्तार राम्रो नभएकोले ठेकेदारहरुले सम्झौता गरेको समय अनुसार कहिल्यै सम्पन्न नगर्ने परिपाटीलाई अन्त्य गर्ने बताए ।
५ वर्षको अवधि भित्रै नाम्खा गाँउपालिकाको प्रत्येक वडाहरुमा सडक सञ्जाल जोडने उद्देश्य रहेको बताउदै सडक सञ्जालको समस्या हुदा पर्यटकिय सम्भावना रहेको नाम्खा गाँउपालिका विभिन्न स्थानमा रहेको होटेल व्यवसायीहरुले प्रत्यक्ष लाभ लिन नपाएकोमा दुखेसो गरे ।
अबको मुख्य प्रथामित सडकलाई जोड दिने र हिल्सा सडकहरुलाई सहज बनाएर पर्यटकिय गन्तव्य बनाउने हुम्ला जिल्लकै नमुना गाँउपालिकाको रुपमा नाम्खा गाँउपालिका बनाउने प्रतिबद्धता जनाएका छन ।
क्याप्सनः नाम्खा गाँउपालिकाको प्रथम घोषणा सभामा सहभागीहरु










