प्रधानमन्त्रीकै कार्यकक्षमा यस्तोसम्म लापरवाही भएपछि ….

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकक्षमा चीनतिरबाट खिचिएको सगरमाथाको तस्बिर राखिएको खुलासा भएको छ । नेपालका लागी वुधवार कतारका राजदूत युसुफ बिन मोहम्मद अलहैलले वुधवार प्रधानमन्त्री देउवालाई सिंहदरबारमा भेट्दा प्रधानमन्त्रीको पछाडी पट्टी राखिएको सगरमाथाको तस्बिर चीनतिरको भुभाग रहेको खुलासा भएको  हो ।

प्रधानमन्त्री कार्यालयमा विदेशी पाहुनालाई भेट्ने छुट्टै कोठा रहेको छ । प्रधानमन्त्री देउवाको उक्त फोटो सार्वजनिक भएपछि सामाजिक संजालमा उक्त फोटोबारे विभिन्न टिका टिप्पणी सुरु भएको छ ।

सगरमाथालाई लिएर नेपाल र चीनबीच लामो समयसम्म विवाद थियो । नेपालले जहिले पनि सगरमाथा र यसको चुचुरो नेपालको अभिन्न अंग मान्दै आएको छ ।





error: Content is protected !!